साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिचय

Nepal Telecom ad

मलाई अत्यन्तै माया गर्ने मेरी प्रेमिका
एक दिन
मेरो बैंक ब्यालेन्स घटेको चाल पाएपछि
अनायस मेरो सामु उपस्थित हुन्छे
र भन्छे–
‘मिस्टर ! मैले तपाईंलाई चिनेँ ।’

मलाई अत्यन्तै श्रद्धा गर्ने मेरो छोरो
बिहे गरेको बर्ष दिन नबित्तै
एकाएक मेरो सामु उपस्थित हुन्छ
र भन्छ–
‘बा ! मैले तपाईंलाई चिनेँ ।’

मलाई अत्यन्तै आदर गर्ने मेरो छात्र
जसको चिट
हिजो मात्र मैले परीक्षामा खोसेको थिएँ
झोंक्किएर मेरो सामु उपस्थित हुन्छ
र भन्छ–
‘सर ! मैले तपाईंलाई चिनेँ ।

एक दिन
उनीहरू सबैले यसो भानिरहँदा
मलाई पनि के लागेर आयो भने–
मैले भर्खरमात्र मेरी प्रेमिकालाई चिनेको छु
मैले भर्खर मात्र मेरो छोरालाई चिनेको छु
मैले भर्खर मात्र मेरो छात्रलाई चिनेको छु
अर्थात यसो भनौं–
मैले पनि उनीहरूलाई चिन्ने मौका पाएको छु ।

हाल  : अमेरिका

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x