साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समा श्रीको ‘वंशलोचन’ लोकार्पित

Nepal Telecom ad

बैशाख १३/काठमाडौं । वरिष्ठ कवि तुलसी दिवसले कवयित्री समा श्रीको कविता कृति ‘वंशलोचन’को लोकार्पण गर्नु भयो । समारोहका प्रमुख अतिथि कविवर दिवसले विमोचित कृति भित्रको ‘सीता उवाच’ कविता सुनाउँदै कवयित्री समा श्री पछिल्लो पुस्ताको कवि भए पनि अघिल्लो पुस्तालाई चुनौती दिने गरी आएको दावी गर्नु भयो ।

दिवसले वजनदार आवाजमा कविता वाचन गर्दा अतिथि सबैले कविताकै तालमा ताली पिटेका थिए । उहाँको भनाई थियो साहित्यको सत्तामा जहिले पनि कविहरू नै अगाडि छन् । चुनौती दिँदै थप्नु भयो कविताको भविष्य छैन भन्ने मेरो अगाडि आओस्, समा श्रीको वंशलोचन पढोस् ।

चर्चित कवि श्रवण मुकारुङले कविहरूको सामुहिक तस्विरमा समा श्री अलग्गै चिनिने गरी उभिएको बताउनु भयो । गजलकार तथा समीक्षक ललिजन रावलले नेपाली कविताको दुई अलग धारमा सहज गद्य कविताले नै फड्को मारेको बताउँदै अग्रज कविहरूको तुलनामा समा श्रीका कविता कम नभएको तर्क राख्नु भयो । कवि एवम् समालोचक गीता त्रिपाठीले वंशलोचन भावको बौद्धिक र हार्दिक अभिव्यक्ति भित्र जीवन र जगतका ससाना यथार्थहरूको विशिष्ठ प्रस्तुति भएको बताउनु भयो । कवयित्री समा श्रीले अनलाईनबाटै कृति भित्रको शीर्षक कविता वंशलोचन सुनाउँदै छोरा–छोरी पछि रहरले जन्माएको तेस्रो सन्तान पारिजातले ‘मैले नजन्मएको छोरो’ जत्तिकै प्यारो भएको बताउनु भयो ।

‘वंशलोचन’ भित्र विभिन्न भावका ४६ वटा कविता समाविष्ट छन् । जलसा नेपालको संयोजन र आवरण डट कमको आयोजनामा सम्पन्न समारोहमा कृतिका प्रकाशक सञ्जय राउत, साहित्यकार विपुल सिजापति, आनन्द श्रेष्ठ कवयित्रीकी सुपुत्री डा.सुजना राउतले कृति र कृतिकारको बारेमा बोल्नु भएको थियो ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x