साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शकुनिको खालमा द्रौपदी

Nepal Telecom ad

चीरहरण गरिरहेछन् कौरवहरू
पाण्डवहरू रमिता हेरिरहेछन्
कृष्ण ! किन मिल्काउँछौ तिमी
समुद्रजस्तै कहिल्यै नटुंगिने
सुरक्षाको रंगीन साडी ?
हुन देऊ, तान्न देऊ
निर्वस्त्र देखाउन चाहन्छु म
यी पाण्डवका रोहवरमा
आफ्ना शरीरका प्रत्येक अङ्गप्रत्यङ्ग
उत्तेजित मनहरूले खेलून्
उन्मादका रंगीन होली
रुझून्, चरम उत्कण्ठाका रङ्गहरूले निथ्रुक्क
यिनका मन मस्तिष्क र आँखाले हेरून्
आफ्नी अर्धाङ्गिनीको अस्तित्वको
दुःखद चीरहरण ।

भन्थे, लोग्ने सुरक्षा हो
अविरल झरी र घामबाट जोगाउने
ओतको दरिलो छाता हो
आँसु र पीडालाई
खुसीमा रूपान्तरण गर्ने एउटा सर्जक हो
रहेन अब त्यो सत्य
मात्र एउटा किंवदन्ती भएका छन्
यी उपमाहरू ।

कृष्ण ! कतिपल्ट गुहार मागूँ म
आत्मरक्षाका लागि तिमीसँग
कति सुनाऊँ तिमीलाई आफ्नो पीरको कथा
कतिपल्ट च्याँखे थापूँ शकुनिका खालमा
आफ्नो अक्षत अस्तित्व ।

निरन्तर हारेकी छु, रोएकी छु, पिरोलिएकी छु
र आजित भएकी छु यी जुवाडेहरूसँग
निरन्तर दाउ लगाइरहेकी छु आफ्नो शरीर
भैगो नदेखाऊ कुनै सद्भाव, आत्मीयता र दया
नझार मेरो विवशतामा
सहानुभूतिका दुई थोपा आँसु
यिनीहरूका लागि माटो च्याँखे हो
राष्ट्रियता, आदर्श र स्वाभिमान च्याँखे हो
जुवाडेहरूको कुनै देश हुँदैन, आफन्त हुँदैनन्
हुँदैनन् कुनै जिम्मेवारी र कर्तव्य
हुँदैन कुनै डर, लाज र घिन
यिनीहरू खेल्छन् निर्लज्ज खेलिरहन्छन्
षड्यन्त्रका खालमा जीवनको डरलाग्दो खेल ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लडाइँ

लडाइँ

विवश पोखरेल
मुसे उत्पात

मुसे उत्पात

विवश पोखरेल
फिलिमरोग

फिलिमरोग

विवश पोखरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x