साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईगोडे ग

Nepal Telecom ad

गाईगोडे ग बिचरो गतिलो गुनिलो थियो
गाई बनी दूध दिन्थ्यो गोरु भै खेत जोत्तथ्यो ।।

गधा भै बोक्तथ्यो भारी गीत भै गान गर्दथ्यो
गुलाब फूल गजरा गलामा पहिराउँथ्यो ।।

गजूर भै गगनमा गरिमा गर्व गर्दथ्यो
गुणा गणन गरी जम्मा गाउँ नै गमकाउँथ्यो ।।

तर
गरीब गर्भेटुहुरो हुनाले गुण गाडियो
गलगण्ड भयो ग्वाँजे गन्धेमा गनिने भयो ।।

गाली र गिल्ला खाएर गुजी झैं ग्रहणीय भो
गिँडियो गहते भन्दै गोदियो गर्धन्याइयो ।।

गनौं कति गको गाथा गति यै छ गरीबको
गजेन्द्ररमोक्ष कहिले होला ग्वाङ्ग्रे गुलामको ।।
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x