साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनन्दन

Nepal Telecom ad

भव्य सजावट । सभ्य उपस्थिति । पुरुष पात्र जम्मा दुई । महिलाको कार्यक्रम । प्रमुख अतिथि महिला । सभाको सभापति महिला । उद्घोेषक युवती । मन्चमा जम्मा ४ जना । ‘नमस्कार, म कार्यक्रम सञ्चालिका अपराजिता । यहाँहरू सबैलाई यो विशिष्ट कार्यक्रममा हार्दिक स्वागत गर्दछु । यो कार्यक्रम फगत् भिनन्दनको हो । छोटो र मिठो हुनेछ । यस कार्यक्रमको औचित्य बारे प्रष्ट पारिदिन हुन म यस कार्यक्रमकी सभापति देवयानी बराल दिदीलाई अनुरोध गर्दछु ।’

ताली, पर्रा । सम्बोधन यथोचित, आज हामीले एउटा नमूनाको अनुष्ठान सम्पन्न गर्न लागेका छौं । हाम्रा आदरणीय स्रष्टाद्वय सीताकान्त गिरोपाध्याय र शारदाभक्त रिमालोपाध्याय यस कार्यक्रमको केन्द्रबिन्दु हुनुहुन्छ । उहाँहरूको निरन्तर लेखाई र बिरोधका कारणले हामी धेरैको जीवन बर्बाद हुनबाट जोगिएको छ । मदिरा सेवन गर्ने पतिको पत्नी हुनु कति कष्टकर हुन्छ, त्यो हामी सबैले भोगेका छौं । उहाँहरूको लेखको कारणले हाम्रा पतिदेवहरू मदिरामुक्त जीवन ज्यून थालिसके । रक्सीमा खर्च हुने पैसा छोराछोरीको किताब कापीमा खर्च हुन्छ । बेलैमा पतिदेव घर आउँदा, अनुहार उज्यालो, नगनाएको सास, मिठो बोली, न्यानो प्रेम, दैहिक सुख आदि पाउदा कुन नारी रमाउन्न ? आज हामी सबैको गृहस्थी जीवनमा बसन्त बहार आएको छ । हरेक नशा जीवनको दशा हो । अब हामी सबै मिलेर यो देशलाई मदिरामुक्त बनाउनुपर्दछ । मदिरापान र धुमपान कहिले पनि सुन्दर कविता बन्न सक्दैन, सिर्जनामा मात्रै शक्ति भरेर जीवनको रथ सही लीकमा गुड्दैन । बरु झूर सिर्जना लेखून्, तर जाँड– मुर्दाबाद भनून् हाम्रा कविहरू । अति सोमरसानुरागीलाई यथार्थमा कसैले पनि सम्मान गर्दैन, बढी दुख बेहोर्ने पत्नीले हो । यस्तो कुरूप र अराजÞक पथगामी भएका हाम्रा पतिदेवहरू अचेल भट्टीको नाम लिन बिर्सन थाले । त्यही भएर हामीले, हाम्रो ‘नारी समुहले’ उहाँहरूलाई अभिनन्दन गर्ने निर्णय गरेका हौँ । म अभिनन्दित स्रष्टाद्वयलाई हार्दिक बधाई र धन्यबाद ज्ञापन गर्दछु ।’

यो समाचार विश्वभरि फैलियो । त्यो सालबाट सीताकान्त र शारदाभक्त सबैको मनमा स्थान पाउने सर्जक बने । यस्ता मान्छेहरू पनि हुन्छन् ?’ यही शीर्षकमा सावित्री गौतमको एउटा भब्य लेख कान्तिपुरमा छापियो । यो अभिनन्दन एउटा ऐतिहासिक घटना बन्न पुग्यो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x