साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको आरती

Nepal Telecom ad

रातारात जुटी दिनादिन कुटी आश्वासनैको बुटी !
पैले भोट लुटी बनाई सुकुटी ताप्के तताई भुटी ! !
पारी डम्म मुठी स्वदेश ढुकुटी छान्दै ढिकीमा कुटी !
नेता ज्यू बलवान यो मुलुकका तिन्कै गरौँ आरती ! !

घुम्दै देश विदेश भेष बदली चेष्टा गरी कागको !
गैंडा खाग बनाई साग शिब झैं छाला धरी बाघको
उड्ने पुष्प बिमान झैं शहरमा, गुड्ने पजेरो चढी !
नेता ज्यू भगवान यो मुलुकका तिन्कै गरौँ आरती ! !

लाखौं मन्त्र पढेर मन्त्रि–घर जो सेवा गरी बस्दछन् !
चक्काजाम र बन्दका गुरु बनी रात्री–दिवा मस्त छन् ! !
सिंगो देश जलाउने असुरको लंका जलाए सरी !
नेता ज्यू हनुमान यो मुलुकका तिन्कै गरौँ आरती !

रोडिदेवल–९, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x