साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाली बोतल, पुराना कागज

Nepal Telecom ad

मेरो शहरमा हरेक दिन, एक साइकलवाला आउँछ,
खाली बोतल, पुराना कागज, किन्न बोल लगाउँछ ।

हिजो साँझसम्म,
मेरो घरमा बोतल भरि थियो, म खाली थिएँ,
अनि रात पर्यो,
म भरि भएँ, बोतल खाली भयो ।
फेरि बिहान भयो,
बोतल खाली थियो, म पनि खाली थिएँ ।

फेरि त्यही साइकलवाला आयो,
खाली बोतल पुरानाकागज किन्न बोल लगायो ।

मैले सोधें–
किन खाली खालीबोतल किन्छौ तिमी ?
म पनि त खाली छु, कति मोल दिन्छौ तिमी ?

उसले भन्यो–
हामीलाई त खाली बोतल नैं चाहिन्छ
भरिएको बोतल चाहिँदैन ।
खाली बोतलमा नयाँ माल भर्न पाइन्छ,
भरिएको बोतलमा पाइँदैन ।
खाली बोतलको ठूलो गुण के छ भने हजुर
त्यसको माथि शिर्षस्थको बिर्को हुँदैन ।
त्यसैले–
खाली बोतलको मोल हुन्छ
तपाइको मोल हुँदैन ।
मैले भनेँ–
सायद तिमी ठीकै भन्छौ,
तर तिमी सधैं पुरानै कागज मात्र किन किन्छौ ?
मसँग नयाँ कागज पनि छ
नयाँ कागजको मोल कति दिन्छौ ?

उसले भन्यो–
हामीलाई त पुराना कागज मात्रै काम लाग्छ,
नया कागज त हामी सप्लाई गर्छौ,
सिंहदरवारमा ठूलो मांग छ
नयाँ कागज तपाईसग भए अहिले राख्नुहोस्
तपाईलाई संविधान लेख्न काम लाग्छ
तपाई संविधान लेखि सक्नुहोस् 
अनि त्यो कागज हामीलाई काम लाग्छ ।

मेरो शहरमा हरेक दिन एक साइकलवाला आउँछ
खाली बोतल, पुराना कागज किन्न बोल लगाउँछ ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x