साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसेर, नाचेर, खुलेर बाँच

Nepal Telecom ad

समाउनै बेश नवीन बाटो
पढेर के मिल्छ बनिन्छ लाटो
पुग्दा बरू मूर्ख अगाडि पुग्छ
बाठो र विद्वान् पछि पर्छ झुक्छ ।

झुक्ने कुबाटो अब हिँड्न छोड
भो छोड सोझोपन, मार्ग मोड
सक्छौ कुनै उन्नत बीज गोड
विद्वान हुने त्यो भ्रम–बुद्धि तोड ।

सम्हाल वैँशालुपना नमार
जे जित्न सक्छौ नि गिदी नसोध
नाथे गिदीले कति गर्न सक्छ
सक्छौ त ज्ञानेन्द्रिय साध, पुग्छ ।

सक्छौ भने यो कलमै नछोऊ
एक्लै कुनामा विरही नहोऊ
दोस्रा र तेस्रा सय खाल धन्दा
छानेर यौटा गर पुग्छ कान्छा ।

खाऊ अघाऊ गर मोजमस्ती
मरेर के लानु छ छोड सास्ती
जसो गरी हाँस्न सकिन्छ हाँस
हाँसेर, नाचेर, खुलेर बाँच ।
पाँचथर, मेची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x