धनराज गिरीप्वाल टाल्ने कति ठाउँमा ?
केही आश न गर्नू है यो सरकारबाट !
छिट्टै पुग्छन् यिनीहरू सोझै आर्यघाट ।
पटक पटक प्रमाणित भइसकेको छ
भाँच्छन् यिनले फेरि पनि आफैं सुत्ने खाट ।
तमाशा र नौटङ्कीमा माहिर छन् सबै
हँसाउन आएका छन् बजार र हाट ।
भित्रभित्र के के हुन्छ ? कसले भन्न सक्छ ?
कुरा ठिक्क पारिदिन्छन् चाटुकार भाट ।
जता हेर्यो उतै प्वाल टाल्ने कति ठाउँमा ?
‘धर्मराज’ गए पनि बनिहाल्छन् ढाँट ।
चितवन
Subscribe
Login
0 Comments
Oldest






































