साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी शिक्षकको भाषण

Nepal Telecom ad

एउटा सार्वजनिक समारोहमा सरकारी स्कुलका शिक्षकले भाषण ठोकिरहेका थिए । उनी भन्दै थिए–
‘निशुल्क पढाइ हुने, स्तरीय स्कुल सरकारी स्कूल हो । तपाईंहरूको बालबच्चा सरकारीमै पढाउनु पर्छ । किन महँगो फि तिरेर निजीमा लैजाने ? म ग्यारेन्टी गर्दिन्छु, निजी स्कुलमा भन्दा सरकारीमै राम्रो पढाइ हुन्छ ।’

त्यो सुनेर मानिसहरूले गड्गडाएर ताली बजाए । उनको भाषण सकिनासाथ एक छेउमा बसेका निजी स्कुलका प्रिन्सिपलले उनलाई तानेर अर्को कुनोमा लगे । अनि खुसुक्क कानमा भने–

‘हैन हो सर, किन यस्तो चर्को बोलेको ? यसपालीदेखि तपाईंको आफ्नो बच्चा नि हाम्रो स्कुलबाट झिक्ने विचार छ कि के हो ?’

कुरा सकिन नपाउँदै हतारिएर सरकारी शिक्षकले भने–
‘किन झिक्थेँ र ? आफ्नो बच्चालाई सरकारीमा हालेर म किन उसलाई पछि मैजस्तो बनाउन चाहन्थेँ र ? यो त नुनको सोझो पो गरेको त !’

सिमलटार, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
गाईजात्रा

गाईजात्रा

रामकुमार पण्डित क्षेत्री
ईज्जत सबै फाल्छन्

ईज्जत सबै फाल्छन्

रामकुमार पण्डित क्षेत्री
होलीका दहन

होलीका दहन

रामकुमार पण्डित क्षेत्री
लसुन कि उखु

लसुन कि उखु

रामकुमार पण्डित क्षेत्री
गाउँ शहर

गाउँ शहर

रामकुमार पण्डित क्षेत्री
0
Would love your thoughts, please comment.x
()
x