साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई जात

Nepal Telecom ad

ठूलो भन्या ठूलै हो बा ! ठूलै हो । त्यसैले ठूलो सधँै राम्रो हुन्छ । ठूलो घर राम्रो, ठूलै सहर राम्रो । ठूलो हात्ती राम्रो, ठूलै साथी राम्रो । ठूलो नेता राम्रो, ठूलै जेथा राम्रो । ठूलो मान राम्रो, ठूलै सान राम्रो । ठूलो मान्छे राम्रो, ठूलै भान्छे राम्रो । ठूलो भेट राम्रो, ठूलै पेट राम्रो । ठूलो हात राम्रो ठूलै जात राम्रो… ?

ए बा ! ठूलो जात राम्रो भनी भनेर चाहिँ नभर्कुनोस् है ? म त जातपात र छुवाछुतको जन्मजात विरोधी हुँ । जातापातका बारेमा जानिवकारहरूले जयस्थिति मल्ललाई मान्दै “चारजात अठार वर्ण” भनुन् कि पृथ्वीनारायणलाई मान्दै “चार जात छत्तीस वर्ण” भनुन् । जेपर्ला पर्ला मैले चाहिँ भनिदिएँ “दुई जात दुई वर्ण” । फेरि तपाईं भन्नुहोला म त माथ्लो जातको बाहुन हुँ । असत्तीले तल झारी र सराबरी पारी भनेर पुर्पुरोमा हात राख्दै सराप्नुहोला । उता सदियौँदेखि सबैले दल्दै र दलिँदै आएका दलितहरू दम भरिएको बलझैँ माथि नै पुगियो बा, भनेर दङ्ग पर्दै बुरुक्क बुरुक्क उफ्रनुहोला । “लुतो न कनाई पित्तलको सनाई” भनेझँै मैले मात्र यो तीन पाउको टाउकोमा तीन मनको भारी बोकाउनु छैन । ठूल्ठूला नेताहरू त समानताको भाषण भट्याउँछन् र चुलामा चौका छुट्याउँछन् । त्यसैले छाड्नुस् यी बराजुकै पालादेखि बरालिएका जातपातका कुरा ।

आउनुस् आज अलि फरक जातका कुरा गराँै । पर्खने र पर्खाउने । यी दुई जातमा सजीव र निर्जीव समान रूपले सबै पर्छन् । गोठमा गाई पर्खने, भान्सामा माई पर्खने । बटुवा बस पर्खने, बस यात्री पर्खने । क्याम्पस भर्ना पर्खने, विद्यार्थी शिक्षक पर्खने । जनता नेता पर्खने, नेता चुनाव पर्खने । कार्यालय हाकिम पर्खने, हाकिम घुस पर्खने, धारो मेलम्ची पर्खने, मेलम्ची डलर पर्खने । यात्रु उडान पर्खने, जहाज बली पर्खने । कर्मचारी तलब पर्खने, तलब निकासी पर्खने । श्रीमती श्रीमान् पर्खने, श्रीमान् गर्लफ्रेन्ड पर्खने । आयोजक प्रमुख अतिथि पर्खने, प्रमुख अतिथि मान पर्खने । दर्शक कार्यव्रmम पर्खने, कलाकार बहाना पर्खने…, आदि इत्यादि सबै पर्खने र पर्खाउने ।

यी पर्खाउने र पर्खने जातिमा कुन चाहिँ ठूलो जातको हो ? भनेर भुटभुटिइरहनु पर्दैन । तपाईं काम न काजको र गन्ती न मन्तीको हुनुहुन्छ भने कुरो पारदर्शी छ । तपाईं पनि पर्खने वर्गमा पर्नु भो र सानु जातमा झर्नुभो । पर्खने सानो, पर्खाउने ठूलो । पर्खाउने कुलको, पर्खने हुलमुलको । पर्खाउने महान्, पर्खने तुच्छ । पर्खाउने विशिष्ट, पर्खने कनिष्ट ….।

कुरो त बुझियो बा, लौ न ! छुट्याउने चाहिँ कसरी ? यी जातिको जातीय पहिचान चाहिँ के हो ? भन्नुहोला । यो अलि अप्ठ्यारो छ । यो जात न त नाकबाट चिनिन्छ, न त नाचबाट । न त नानाबाट चिनिन्छ, न त गरगहनाबाट । न त चाडका नामबाट चिनिन्छ, न त जाँडका नामबाट । त्यसैले यो जाति छुट्याउने केही लक्षणहरू तपाईंलाई मात्र सुटुक्क भन्छु है ?

गाली खाने ठाउँमा ताली खाने । ठिक समयमा पुगेर हल्का नहुने । कामका कुरामा फोनमा कम बोल्ने । मान र सम्मान खोज्ने । कामको नामै नलिए पनि जसजति जम्मै पाउने । व्यस्तता देखाएर भेटघाटको समय सारिरहने । फोन उठाउन लगाएर छैन भन्न लाउने । आयोजकले प्रसन्न भएर आभार प्रकट गरिरहेन ….। यस्ता गुणले युक्त जाति नै उपल्लो दर्जाका मानिन्छन् । विगतमा यी जातिको सङ्ख्या निकै कम भए पनि, खुसीको कुरा हाल आएर यिनीहरूको सङ्ख्या चाहिँ ह्वात्तै बढेको छ है ।

तेह्रथुम, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x