साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ ठोकान

Nepal Telecom ad

१.
विचार विचार जुधेपछि मान्छेहरू बोल्न छोड्दा रहेछन्
स्वार्थमा धक्का पुगेपछि मान्छेहरू भेट्न छोड्दा रहेछन्
यस्तै हो यो दुनियाँ सबै जना एकै प्रकारका कहाँ हुन्छन् र हजुर !
बाटो अलग भएपछि मान्छेहरू आउन छोड्दा रहेछन् ।

२.
तिम्रो मेरो यो सम्बन्धमा कालो पोत्ने धेरै छन्
सेतोसेतो यो सतरन्जामा दाग खोज्ने धेरै छन्
तिमीलाई थाहै छैन यो कुरा उनीहरूको तारिफमा तिमी दङ्ग परेकी छ्यौ
हाम्रो नामै हराउने गरी किला खोप्ने धेरै छन् ।

३.
राजनीतिमा गुट साहित्यमा गुट जताततै गुटैगुट
घरमा फुट समाजमा फुट जताततै फुटैफुट
के गरी जोगिएला खै ! हाम्रो अनि हाम्रो सन्ततिको भविष्य ?
बजारमा लुट सवारीमा लुट अनि जताततै लुटैलुट ।

४.
तिमी गर्छौ जातपातको कुरा म गर्छु वर्गको कुरा
तिमी गर्छौ आफ्नोमात्रै कुरा म गर्छु सबैको कुरा
अनि कसरी हुन्छ तिम्रो र मेरो बिचमा सरसल्लाह ?
तिमी गर्छौ सपनाको कुरा म गर्छु विपनाको कुरा ।

५.
छातीभित्र आगो बल्न थालेपछि संसारै अँध्यारो हुँदो रहेछ
मनभित्र हुरी चल्न थालेपछि संसारै अँध्यारो हुँदो रहेछ
के गरी बौरिएँ खै ! आफैंलाई थाहा छैन अनेक–अनेक हुन्छ जिन्दगीमा
आफैंले रोपेको बिरूवामा विष फल्न थालेपछि संसारै अँध्यारो हुँदो रहेछ ।

६.
बिरामी हुँदा हिजो साथीहरू औषधि गर्नतिर लाग्थे आज ‘मरे हुन्थ्यो’ भन्छन्
पिरमा डुब्दा हिजो साथीहरू ‘के भयो ?’ भनेर सोध्थे आज ‘खुच्चिङ’ भन्छन्
कुर्सीको लागि जे पनि हुनथाल्यो हजुर ! कुनैबेला जसको बुई चढेर जोजो माथि पुगे
आज तिनै साथीहरू त्यो साथीलाई बिदा गर्न ‘आर्यघाट कहिले जान पाइएला ?’ भन्छन् ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x