साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्महत्या

Nepal Telecom ad

श्रीमान् !
थाहा छैन
यो देशले न्याय दे’को मलाई

म नजन्मिँदै मेरो थाप्लोमा
मभन्दा गह्रुङ्गो
यो देशको ऋण बोकेर जन्मिएँ
विनाअपराध हत्कडी संविधानको बाँधिएर
अभियुक्त बाँच्या छु
अर्काेतिर पहाड कानुनको थिचिएर
कमजोर हुँदै गइरहेको छु

जुनबेला कोरियो विशालु गोमनजस्तो
सिमाना यस भूगोलमा
डस्न सुरु भो व्यक्ति सार्वभौम
पिँजडा मान्यताको जन्मसँगै
कैदी बन्यो व्यक्ति स्वतन्त्रता र
बेस्मारी घोकाइयो–गोपीकृष्ण कौ
गाउन लाइयो–राष्ट्रिय भजन ।

रूपान्तरणमा फगत मर्नु
विभक्त धर्मग्रन्थहरूमा चेप्टिएर
पोको परेर बाँडिनु अलग–अलग
लोगोअङ्कित झन्डामा
छेकिँदै विचारको दुवालीले
फेरि एकमुष्ट आयुहरू बगाउनु
राष्ट्रियताको भँगालोमा
मुख टालिनु दर्शनको मोहोलाले
अनि उल्था हुँदै जानु क्रमबद्ध दासमा

कति सजिलै छातीबाट समवेदना उखेलेर
रोपिन्छ–यन्त्रपूर्जा
प्रयोग हुन्छन् जहाँ कारखानाको अर्काे रूप देशमा
खिया लाग्नु
लागेर फेरिनु
नभए कुनातिर थन्किनुको नियत
याद रहोस् श्रीमान् !
रिमोटबाट चल्ने यन्त्र होइन व्यक्ति

थाहा छ, मलाई थाहा छ
म उभे मात्र
संसारको सबैभन्दा हिंस्रक प्राणी हुनेछु
त्यसैले लगातार सहिरहेको छु
म माथिको भद्दा अन्याय
म माथिको नाङ्गो अत्याचार
किनभने म बन्न छैन हिंस्रक प्राणी
थाहा छ यो पनि
जरुर भत्किनेछ
धैर्यताका बाँधहरू कुनैबेला ।

देउताको नाममा यहाँ
कति चुँडिनु हाँगाबाट कलिला फूलहरू ?
कतिपटक बलिको बोको बन्नु देशको नाममा ?
काँचो खुन पिउने कालभैरव जस्तो
पोषिलो मनुखे रगत पिएर
फेरि राज्यले मुठ्ठीमै राख्छ
किन व्यक्ति सत्ता ?

पूर्वअनुमान गर्दै छु
यतिखेर
कि मैले बाँचे भने
सुरु हुन्छ तेस्रो विश्वयुद्ध
कति कुरूप होला
यति सुन्दर बगैँचा पृथिवी
संसार चलाउने बलियो राजनीति
एकाएक निर्बल भएर अन्त्य हुन्छ
गुणात्मक विज्ञानको छलाङ्
एक्कासि झर्दछ शून्यमा
तसर्थ
म बाँच्नुको कुनै फाइदा छैन अब
जान्दछु मैले एक सेकेन्ड पनि बाँच्न हुन्न अब
तर !
एउटा निर्णय
निरङ्कुश राज्यसत्ताको विरोधमा
स्वतन्त्र व्यक्ति सत्ताको समर्थनमा

श्रीमान् !
मैले आत्महत्या गरेँ ।

‘पुलेसो डटकम’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x