साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाप

Nepal Telecom ad

एक दिन होइन, दुई दिन होइन, हरेक दिन उस्तै । कुरूपताको पराकाष्टा । प्राध्यापकहरू इमान्दार भएनन् भनेर प्रशासन गुनासो गर्छ । सबै अण्डालाई एउटै टोकरीमा राख्छ । विवेक छैन ।

उपप्राध्यापक बज्रनारायण कक्षामा प्रवेश गर्दछन् । मन उदास छ । लगभग पचास जना विद्यार्थी भएको कक्षामा पाँच जना पनि भनेजस्ता, विद्यार्थी जस्ता विद्यार्थी छैनन् । कानमा के के घुसारेका छन । हात हातमा मोबाइल । खुसखुस कुरा । वातावरण एकदम कुरूप ! पढाइसित टाढाको पनि साइनो नभए जस्तो । चेलीहरू पनि कम छैनन् । सारै दिक्क लागेपछि गुरु एकछिन बर्बराए ।

“सर, फिस तिरेका छौं, खुरुखुरु पढाउने,जाने । हामी जेसुकै गरौं । तपाईलाई के मतलव ? हामी स्वतन्त्र छौं, मन लागेको गर्छौं । बढी जान्ने हुने होइन नि !”

एकछिन सन्नाटा । गुरु अलमल्ल । बन्दोबस्तीका सामान पोको पारे– “आदरणीय सज्जन गौतम बुद्ध हो, म क्षमा चाहन्छु । पक्कै पनि अघिल्लो जुनीमा यो बज्रले ठूलै पाप गरेको हुनुपर्छ । कर्ममा लेखेको भोग्नुपर्छ । यहाँहरू जस्ता महानलाई ढोग्नै पर्छ । अब आइन्दा यस्तो गल्ति दोहोरिने छैन । नमस्कार !!”
घन्टी बज्न २५ मिनट बाँकी छ ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x