साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानी छोरी र कविता

Nepal Telecom ad

जब लेख्न बसेको हुन्छु कविता
मेरी सानी छोरी
एकाएक अराजक देखिन थाल्छे
खोस्छे मेरो कलम
र, भाँचिदिन्छे निब
तान्छे मेरो डायरी
र, च्यातिदिन्छे पाना
म कत्ति पनि रिसाउँदिनँ
गाली गर्नुको त झन्
कुनै अर्थ नै देख्दिनँ
बरु यतिन्जेल त
भुसुक्कै बिर्सेको पो रहेछु
के के धूनमा
कता कता हराएको पो रहेछु
मेरी छोरीभन्दा
जीवन्त सिर्जना
अरु हुनै सक्दैन मेरा लागि
मेरी छोरीभन्दा
सुन्दर रहरको इन्द्रेनी
अरु हुनै सक्दैन मेरा लागि ।

स्नेहको स्पर्श खोज्दै
अँगाल्न आइपुगेकी
संभावनाको संसार सोच्दै
स्वच्छन्द बनेकी
मेरी जिउँदी कवितालाई
मेरी सौन्दर्यकी संरचनालाई
काखमा राख्छु
मायाले सुमसुम्याउँछु
छातीमा अड्याउँछु
लेख्नै पर्दैन कविता
उसका आँखा आँखामा
कविता चम्कँदै हुन्छन्
उसका मायालु गालामा
कविताकै लालित्य पोतिँदै हुन्छन्
उसका निश्छल मुस्कान भएर
कविताकै भाव खुल्दै हुन्छन्
उसका मृदुल स्वरलहरीमा पनि
कविताकै सङ्गीत गुन्जँदै हुन्छन् ।

एकपल्ट आफैसँग सोध्न मन लाग्छ
एकपल्ट आफैसँग प्रस्ट हुन मन लाग्छ
के मान्छेका खुसीभन्दा
अर्को अभीष्ट हुन्छ र कविताको,
के जीवनका आयामभन्दा
भिन्न गन्तव्य बन्छ र कविताको ?

नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘कविता’ पत्रिकाको पूर्णाङ्क ९८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासै-लासलाई हेरेर

लासै-लासलाई हेरेर

दीपेन्द्रसिंह थापा
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x