सुलसुलेसुरभिमा ‘कणादका कथाहरू’ विमोचन
सुरभि साहित्य प्रतिष्ठानको ४७ औँ नियममित कथावाचन कार्यक्रम २०७१ साल असार २१ गते शनिबार जोरपाटीमा सम्पन्न भयो । प्रा.डा. गार्गी शर्माको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रमा साहित्यकार कणाद महर्षिको कथा सङ्ग्रह ‘कणादका कथाहरू’को विमोचन गरियो ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता रहेका यस कार्यक्रममा सुरभि आख्यान वाचन पुरस्कार २०७० रञ्जना पराजुली (लम्साल) प्रदान गरिएको थियो ।
गजलकार रामबहादुर पहाडी, महाकाव्यकार वेदमणि घिमिरे, कवि श्रीहरि फुयाल, समालोचक युवराज मैनाली, स्वतन्त्र पत्रकार भगतदास श्रेष्ठ, स्टार एफएमका राजन न्यौपाने र सरस्वती गौतम, कथाकार आत्माराम शर्मा लगायतको समुपस्थितिमा भएको उक्त कार्यक्रममा प्रकाश बस्नेत गफाडी, परशुराम पराशर, रामकुमार पण्डित क्षेत्री, सुशीला खड्का हसिना, लक्ष्मी एडी, शारदा पराजुली, राजन न्यौपाने, सरस्वती गौतम, युवराज मैनाली, श्रीहरि फुयाल, शालग्राम अधिकारी आदिले कथावाचन गरेका थिए ।
कार्यक्रममा विमोचित कथासङ्ग्रहको समीक्षा परशुराम पराशर र वेदमणि घिमिरेले गर्नुभयो भने शुभकामना दिने वक्तामा युवराज मैनाली, भगतदास श्रेष्ठ, आत्माराम शर्मा र रामबहादुर पहाडी हुनुहुन्थ्यो । असार पन्ध्रको सम्झना स्वरूप दहीचिउरा खाजा खाएर समाप्त गरिएको उक्त कार्यक्रममा खाजाको प्रायोजन रिम्स स्कुलका प्रिन्सिपल बालमुकुन्द कार्कीले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































