साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारेमाम बाज्या तारेमाम !

Nepal Telecom ad

तारेमाम बाज्या तारेमाम
ल आज हाम्रै घरमा जाम
सँगै बसेर भुटन छोइलासँग
अलिकति ओइला पनि खाम ।

हाम्रो बाज्याले भनेको
पहिले पनि तिमी
हाम्रै घरमा आएकाथ्यौ रे
त्यो बेला
चिउरा र अचार मात्र खाएकाथ्यौ रे
अब त तिमी पनि
अरु बाज्याले जस्तै
बारा चटामरी खान्छौ होला
कचिला र सेकुवासंग
वासा पनि तान्छौ होला
आजभोलि
यहाँका बाज्याहरू त
मजाले ठुलो खसी पेटमा छिराउँछन्
लाग्छ आउँदो दशैंमा
सानो खसीको ठाउमा ठुलै खसी
आगनमा गिराउँछन् ।

लसकुस बाजे लसकुस
ल आज हामै्र घरमा बस
के छ तिम्रो हालखबर
बरु बताऊ रसरस
यहाँ त जमना धेरै बदली सक्यो
मान्छे पनि धेरै बदली सक्यो
रामहरू सबै भागिसके
रावणहरू मात्र बाँकी छन्
पाण्डवहरू पनि हारिसके
कौरब नै कौरबका बागी छन्
सत्य जसले पनि छोड्न सक्छन्
तर सत्ता यहाँ कसैले छोड्दैनन्
लत्ता जसले पनि छोड्न सक्छन्
तर भत्ता कसैले छोड्दैनन् ।

अब तिमी पनि रामायण होइन
रावायण लेख बाज्या रावायण
कस्ले पढने तिम्रो त्यो रामायण
लेख्यौ भने फेरि हिट हुन्छ रावायण
मेरो बाज्याले भनेको
तिमी त्यो बेला
कानमा जनै राखी
पाइखाना जान्थ्यौ रे
कच्छनी फेरि मन्त्र जपी
मात्र भात खान्थौ रे
अहिले त
बाहुन हुन् कि क्षेत्री
टुपी सबैले फालिसके
जनै पनि टुकुचैमा हालिसके
त्यसैले अब तिमी पनि
सुरुवाल भोटी खोल बाज्या
सुरुवाल भोटी खोल
नेपाली होइन अब
अङ्ग्रेजी बोल बाज्या बोल
सुटबुट लाऊ बाज्या सुटबुट
अनिे हुन्छ सभ्य नागरिकसँग बसउठ
टाइ लाऊ बाज्या टाइ
अनि मात्र हुन्छ तिम्रो हाइ हाइ ।

शुभ्या छ बाज्या शुभ्या
ब्यर्थै बाटोमा हामी किन उभ्या
लौ आज यतै हिँडेर जाम
बाटोघाटो यहाँ सधैं जाम
गाडीहरूको छ लामो लाम
उडुस उपैयाँले नटोके पनि
टोके मच्छेरले टोक्ला
तिमीले गीत गाउला
यो पासाले ताली ठोक्ला
धान फल्ने खेतमा अब
घर फले पछि
मेरो पनि के छ र काम ?
जे परे पर्ला बाज्या आज
हाम्रै घर जाम
बियर, ह्वीस्कीसँग
टन्न मम चटामरी खाम ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x