साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाबो डेड ’क’ त हो नि !

Nepal Telecom ad

नेपाल नगरीको नयाँ संविधान लेख्नाँ खातिर सत्ताँ पुर्या’र तलब र भत्ता ज्युनार गराइ आसन ग्रहण गराइएका सम्माननीय सांसदज्यूहरूले कुनै काम ग¥या छैनन् भन्नेहरूले अब आफ्नोे थुतुनो कुनोमा लुकाउनु पर्ने बेला पो आयो जस्तो छ त ए रात्तै !

कुरै नबुझी उहाँहरूले कुनै काम ग¥या छैन भन्नेहरूको भनाइलाई सत्रै आना भूmटो साबित पो गर्दिनु भो उहाँहरूले त ! साँच्चै भन्या उहाँहरूले ग¥या जस्ता ठूल्ठूला काम त लरतरो हुतिहारा मान्छेले गर्ने आँटै गर्न सक्दैन । अब उहिल्या कुरालाई खुइलिन दिन छाडेर, टुकुचाको विशुद्ध, सफा जलाँ धो’र ल्या’को सफा ताजा तरकारीजस्तै उहाँहजुरहरूले गरिबक्स्या केही ताजा सू–कार्यलाई हेरे मात्रै पनि पुग्छ । आहा ! कस्ता राम्रा–राम्रा सू–कार्य हाम्रा केही महान् सांसदज्यूहरूका सू–कोमल बाहुलीबाट सू–सम्पन्न भ’का छन् । अब उदाहरणका लागि रातो पासपोर्टकै कुरालाई लिऔँ न !

हेर्नुस् न भन्या, हाम्रा सारै देशभक्त केही सम्माननीय सांसद महानुभावहरूलाई स्वदेश छोडेर विदेश जान पटक्क मनै लाग्दो रै’नछ । ‘लौ भैहाल्यो, अब आपूm त गइएन गइएन, आपूm नगए पनि बिचरो ! त्यो रातो राम्रो पासपोर्टलाई दराजाँ थन्क्यार धूलो ख्वा’र मात्रै कति राख्नु ? यसरी कुँज्जिने गरेर राख्नु त यत्रो महत्वपूर्ण चिजको अपमान गर्नु हो । त्यसैले यसलाई यसो हावापानी फेर्न पठाइदिऊँ क्यार !’ भन्ने मनमा गुनेर होला परदेश जान चाहने कुनै असहाय दीनदुःखीलाई दे’र परोपकारको पराकाष्टा नै पार गरेर देखाइबक्स्यो उहाँहजुरहरूले ! यस्तो अरूको उद्धार गर्ने उदाहरणीय कार्य गरे बापत कसैले स्वइच्छाले आफ्नोे श्रद्धा व्यक्त गर्न यसो केही भेटी टक्रयाउँछ भने दाताको दिल नदुखाउने उद्देश्यले उहाँहरू जस्ता असल मानवले मनै नलागे पनि त्यो पत्रम्–पुष्पम् स्वीकार्न करै लाग्छ । अब यसरी बाध्य भ’र उहाँहरूले केही भेटी लिनु भयो त भयो, यसमा बिचरा ! बिचरी ! उहाँहरूजस्ता सिधासाधा, महान्, इमान्दार, नैतिकवान्, स्वच्छ छबि भ’का बडा व्यक्तिको के दोष ? यो त उहाँहरूको बडप्पन हो । जसको हामीजस्ता सर्वसाधारण नेपालीले जति प्रशंसा गरे पनि कम हुन्छ । फेरि कति नै पो लिनु भा हो र भन्या ! एक डेड ‘क’ त हो नि ! ‘ख’ ले’को हैन क्यार ! त्यति जाबो एक डेड ‘क’ हामी गरिब नेपालीका लागि कुन चैँ ठूलो रकम हो र !

यसरी अरूको भलाइ गर्नेहरूलाई देखी नसहनेहरूले यस्ता सम्माननीय व्यक्तिहरूका विरुद्धमा गरेको कुरा सुनेर, कालाकोटेहरूले कुर्लिकुर्ली बहस ग¥या देखेर, सेतो खबर कागताँ पनि यस्ता लोकोपकारी गौप्राणीका बारेमा नाना भाँतीका कुरा छाप्या देख्ता कुन चैँ नेपालीको चित्त चिराचिरा भैँ चिरिई चैते झरी झैँ धुरुधुरू रो’र काकाकुल सहरको धारामा आउने पानी झैँ आँखाबाट तुरुतुरू आँसु नचुहुला र ! के गर्नु भलाइको त जमानै छैन भन्या !

यस्ता महान् कार्य गरेर संसाराँ नेपालीको नाम चम्काउने अति सज्जन सद्गुणीलाई त फुलमाला पहिराई सिन्दुर जात्रा गरी सम्मान गर्दै सहर परिक्रमा गराई मामाघराँ मेजमान्की ज्युनार गराउन सवारी चलाउनु पर्ने हैन र ! कि कसो हो ?

‘फित्कौली’ २०६८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x