विडम्बना
पहिला त
अरू नै
कुरा भनेर
शुरु भएको थियो
यात्रा –
तर
बाटैमा
रहर गरे
उनीहरूले
घाम समाएर
मुठीमा कैद गर्न
र गोजीमा सारेर
आफैले उपभोग गर्न
र आफन्तलाई पनि
अलिकति दिने – भने
तर
घामका किरणहरू
निमाण गरी रहेछन्
पारदर्शी बिम्बहरू
र
फ्याँकि रहेछन्
न्यानु – न्यानु स्पर्श
र स्पर्श दौडी रहेछ
निरीह तर्फ
तर निरीहहरू भागी रहेछन्
पर –परसम्म
यसरी
घामको न्यानु स्पर्श
अपुताली परे जस्तै भएको छ
निरीहहरूलाई
घामको स्पर्श
आफ्नै निजी कुरा
तर
अपुताली पनि परेको भनेर
तिनले खाइदिएको
जस्तै भएर
पुछिँदै – पुछिँदै
मेटिँदै – मेटिँदै
टरिरहेछ
टरिरहेछ
निरिहहरूका लागि ।
झापा