साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभ्यताको कुरुप अनुहार

Nepal Telecom ad

हजुरबाको टोपी खुइलिँदासम्म

हजुरआमाको मजेत्रो मइलिँदासम्म
गोरु झैं बाबा जोतिँदा पनि
माटोसँगै आमा पोतिँदा पनि
आगनमा वसन्त आउँदै आएन
निधारमा घाम कहिल्यै उदाएन

ब्रहमाण्डको दूरी नाप्नेहरूले
मान्छेको दूरी किन नापेनन् ?
संसार साँघुरिएको देख्नेहरूले
मान्छे टाढिएको किन देखेनन् ?
समृद्घिको सालिक पुज्नेहरूले
विभेदको खाडल किन पुरेनन् ?

यो बाटो खुट्टाले हिँड्नेहरूको भन्दा
मोटरमा गुड्नेहरूको कसरी भयो ?
यो माटो श्रमले सि“च्नेहरूको भन्दा
प्लटिङ् गरेर बेच्नेहरूको कसरी भयो ?

धर्तीमा हावा र पानी
हुकुम चलाउनेले बनाएका होइनन्
हलो समाउनेले फलाएका हुन्
आकासमा घाम र जून
बपौती पाउनेले ल्याएका होइनन्
पौरख रोप्नेले फुलाएका हुन्

पसीनाको समुद्र बहाउने सामु
अभावको पहाड ठडिएपछि
किर्ते कागजमा तोक लाएर
लुटको भकारी भरिएपछि
सामन्ती युगलाई धुलो चटाउन
सभ्यताको कुरुप अनुहार मेटाउन
अब, हत्केलाको ठेला विस्फोट गराउँछु
र महलहरूमा भुइँचालो ल्याउँछु ।

थलारा, बझाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x