साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिकार

Nepal Telecom ad

“माड्साब चिया खान जाऔँ ।” –आफ्नो काम सजिलै फत्ते नहुने अनुमान लगाएपछि दुर्गमबाट सीमित खर्च र छोटो समय बोकेर आएको दोर्जेले हाकिमलाई खुसी पार्ने प्रयत्न गर्यो ।
“म चिया खान्न ।” चिया पिइरहेको हाकिमले जवाफ दियो ।

“त्यसो भए मासु र चिउरा खान जाऔँ ।” – दोर्जेको विवशता उकालो लाग्यो । हिजो अफिसमै मासुच्युरा खाएको हाकिमले जवाफ दियो मैले मासु चिउरा खान्न ।

“त्यसो भए वियर खान जाऔँ” – रक्सीविना निद्रा नलाग्ने हाकिमले जवाफ दियो – “मैले रक्सी पनि खान्न ।”
दोर्जे निराश भएर हाकिमको कोठा बाहिर निस्कियो । त्यसपछि बाहिर बसेका खरदारलाई सोध्यो– “सर माड्साबले के खानुहुन्छ ?”

“उहाँले दूध, फलफूल, चिया, मासु, रक्सी मात्र होइन दाल, भात र पानी पनि खानुहुन्न ।”
“त्यसो भए के खानुहुन्छ त ?” दोर्जे कड्कियो ।
खरदारले जवाफ दियो– “घुस र कमिसन ।”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x