साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अगुवाको चर्तिकला

Nepal Telecom ad

शिक्षक कक्षामा पढाउँदै थिए ।
“चुरोट, रक्सी खानु हुन्न । स्वास्थ्यलाई हानि गर्छ । यसले अनुशासनमा राख्दैन । तिमीहरूले कहिले पनि यस्ता कुराको सङगत नगर्नू ।”
यति भनेर उनले खल्तीबाट चुरोट झिकेर सल्काए । चुरोटको कुइरीमण्डल धुवासँग उनको मुखबाट रक्सीको गन्ध पनि ह्वास्स आइरहेको थियो ।
००
डाक्टर बिरामी जाँच्दै थिए ।
“तपाईंलाई ठूलो दशा लागेको रहेछ । यो रोग मेरो प्रयासले मात्रै निको नहुन सक्छ । एकपल्ट झाँक्रीलाई देखाएर भूतप्रेत पन्छाउनु होला ।”
००
पण्डितबाजे सप्ताहमा प्रवचन फलाक्दै थिए ।
“चरित्रभन्दा ठूलो चिज केही हुँदैन । कसैलाई पनि कुदृष्टिले हेर्नु हुँदैन । संसारमा त्यही मान्छे महान् हुन्छ, जो बाहिरमात्र हैन भित्र पनि शुद्ध हुन्छ ।”
तल्लो गाउँ नजिकैको बाँसघारीमा एउटा बच्चा च्याहाँ च्याहाँ रोइरहेको थियो ।
आइते दमाईकी स्वास्नीले अर्काको पेट बोकेर मिल्काएकी भन्ने हल्ला चल्यो । केही आइमाईहरू आश्चर्य प्रकट गर्दै थिए– “आम्मै नि ! यसको अनुहार त काटीकुटी पण्डित बाजेको जस्तै गाँठे !”
००
नेताजी भाषण छाँट्दै थिए ।
“हेर्नोस्, भ्रष्टाचारले यो राष्ट्रलाई बरबाद पारिसक्यो । तपाईं हामी सबै मिलेर यसलाई निर्मूल गर्नुपर्छ । भ्रष्टाचार गर्ने र गराउने यी दुवै देशका शत्रु हुन् । यिनीहरूलाई ठेगान नलगाई हुन्न ।”
रात पर्नासाथ गह्रुङगो सब्रफकेस बोकेर एउटा नामुद तस्कर नेताजीको महलभित्र लुसुक्क पसेको देखियो ।

रचनाकालः २०५८ वैशाख ४
‘विघटनको तयारीमा’ (२०६५)बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x