साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैन किन यसरी बौलाउँछन् ?

Nepal Telecom ad

खास्सै के भाछ र मलाई ?
अली अली न बिरामी भाको छु
त्यै पनि भर्खर
अमेरिकाबाट औषधीमुलो गरी आको छु
देश चलेकैथ्यो
आज पनि चलेकै छ
फेरि देश मन्त्री प्रधानमन्त्री
कहाँ चलाउँछन्
देश त पशुपतिनाथले पो चलाउँछन्
हैन देश चलेन भनेर
मान्छे किन यसरी बौलाउँछन् ?

फेरि जन्मदा पनि
सुस्त सुस्त जन्मेको मान्छे
ज्यान पनि कहिलै
तन्दुरुस्त नभाको मान्छे
प्रधानमन्त्री पनि
कति ढिलो खाको मान्छे
पार्टी सभापति त
कति पछि पाको मान्छे
अली अली बिमार भएर के भो त
देश न प्रचन्डले चलाए
न बाबुरामले चलाए
न अरु कोइ नाथेले चलाउँछन्
देश त पशुपतिनाथैले चलाउँछन्
हैन ए गाठे !
म प्रधानमन्त्री भाको देखी
यी पत्रकार भन्नेहरू किन बौलाउँछन् ?

ढिला भए पनि सुस्ती भए पनि
देश त चलेकै छ
जनताको घरमा
आगो बलेकै छ
किसानको खेतमा धान फलेकै छ
सुस्त सुस्त भए पनि
भित्र भित्र कत्रो काम गरिराको छु
संविधान बनाउनु पर्छ भनी
सबको कान भरी’राको छु
देश न माधव चलाए
न अरु ऐरे गैरेले चलाउँछन्
जनतालाई थाहै छ नि
देश त कसले चलाउँछन्
हैन ए ढकलपुरे
म प्रधानमन्त्री भाको देखी
अरु पार्टी प्रर्मुख किन बौलाउँछन् ?

भर्खर प्रभुको सवारी चलाको छु
मित्रराष्ट्रसँग
मिठो सम्बन्ध फलाको छु
देश विकास गर्ने भनी
मेरै पालामा
कत्रो पहाड ढलाको छु
सचिव खाली भएर के भो त ?
मन्त्री त खाली छैन
अधिकारी खाली भएर के भो त ?
पूजारी खाली छैन
देश न नेताले चलाउँछन्
न कर्मचारीले चलाउँछन्
कुरो क्लिएरकट छ नि
देश त पशुपतिनाथले चलाउँछन्
हैन ए गाँठे मेरो डाह गरी
मेरै पार्टीका नेता पनि किन बौलाउँछन् ?

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x