साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गो चोका

Nepal Telecom ad

क्या मोज थियो
सत्ता थियो साथमा
क्या मोज थियो
सञ्चो थियो गाथमा
मन्त्री मिलेर
भत्ता जति लुँड्यायौँ
मिली सांसद
लुट्यौँ कति लुटायौँ
नेता भैकन
पुग्नेगरी जोडियो
ढुकुटी भर्न
अहिले पो छोडियो
सुकुटी पार्न
गर्नु गर्यौँ नगर्नु
रचेर काण्ड
कति खानु डकार्नु
सोचेको स्वार्थ
सबै सिद्ध गरियो
आँखा चिम्लेर
भकारी क्या भरियो

थुतुनो जोड्यौँ
राम्री केटी छानेर
धुरी चढेर
भेटी राख्यौँ जानेर
मौका छोपेर
काखापाखा गरियो
मन्त्री भएर
ट्याङ्का–ब्याङ्का भरियो
पुर्पुरो हाम्रो
छँदै थियो बलियो
दशा लागेर
अहिले पो गलियो
यस्तो बेलामा
कता गए स्वजन ?
आयोग आयो
आधा घट्यो ओजन
सम्झेको छु भोजन ।

काठमाडौँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x