साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गज्जब गरेँ

Nepal Telecom ad

मैले पनि पिउन शुरु गरेँ
नालीमा नाक जोत्दै जिउन सुरु गरेँ
प्रत्येक साँझ साइँलाका भट्टीमा गई
टन्न मर्द झैँ टन्कने काम
हिजो आज आफैँले खुरुखुरु गरेँ ।

काले थियो पहिले, कालिकोटमै छोडेँ
गोरेसँग गोर्खामा घरजम जोडेँ
लभ्ली लोग्नेलाई होमवर्क छोड्दै
दुइटा ब्वाइफ्रेन्ड अन्तै जोडेँ ।

गाँस बास कपास
बाँकी क्यासिनोमै छोडेँ
वियर भोड्का हुस्की पिएँ
सबको शेखी झारेँ
चरेश पनि चाखिसकेँ
सूर्ति गाँजा गज्जव हुन्छ
नारी हितको उत्थान गरी
पुरुषलाई पछि पारेँ ।

माग्दा दिने अधिकार
आजैबाट चाहिँदैन
खोस्यौँ सबै अधिकार
छैन भन्न पाइँदैन
चाँडै गरौँ उठौँ जुटौ
हुलै कसौँ दिदी बहिनी
हन्ड्रेड पर्सेन्ट नै हाम्रो हो अब
तेत्तीस पर्सेन्ट चाहिँदैन ।

तेह्रथुम, आठराई

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x