चट्याङ मास्टरडन्डीफोर जस्तै हुँदो रहेछ माया
थाहै नपाइ आफ्नै भित्रबाट आउँदो रहेछ माया
कहिले आउने, कति कत्रो आउने, कहाँ आउने
ऊ आफै तय गर्दो रहेछ माया
डन्डीफोर जस्तै हुँदो रहेछ माया ।
तन मन धन केहि नहेर्ने हुँदो रहेछ माया
आफैबाट उब्जिएर आफैलाई दुख्दो रहेछ माया
आफै दुख थपेर निकालेर नफालेसम्म
टन टन टन टन्की रहने हुँदो रहेछ माया ।
आएको माया नफालेर राखे
पछि ठुलै घाउ बन्दो रहेछ माया
बिसेकै भए पनि खत छोड्दो रहेछ माया
डन्डीफोर जस्तै हुँदो रहेछ माया ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































