चट्याङ मास्टरश्रीमती र दाँत उस्तै हुन्छन्
केटाकेटीमा आएका केटाकेटीमै जान्छन्
पछि आएका बसिरहन्छन्
जति आउँछन् सबै देखिँदैनन्
देखाउने र चबाउने बेग्लै हुन्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।
कसैका टम्म मिलेका हुन्छन्
कसैका टेडामेडा हुन्छन्
कसैका बाहिर उछिट्टिएका
कसैका भित्रै खप्टियेका हुन्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।
दिनका दिन माझे सफा देखिन्छन्
माझ्न छोडे गन्हाउँछन्
पछि आएका नदेखिने बङ्गारा
देखिने भन्दा बलिया हुन्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।
अगाडि देखिने दाँत भन्दा
बङ्गारा काम धेर दिन्छन्
दुख्न पनि बङ्गारा नै बढी दुख्छन्
अगाडिकाको काम पनि कम
दुखाइ पनि थोरै दिन्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।
उमेर बढ्दैजाँदा मैलो देखिन थाल्छन्
पहिला भन्दा अग्ला बन्छन्
हल्लिछन्, काम गर्दैनन्
त्यस्सै पनि दुख दिन थाल्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।
कुनै दाँत पत्तै नदिई झरेर जान्छन्
कुनैलाई थुतेर झार्नु पर्छ
बुढयौलीमा कसैका दाँत टम्म मिलेका सफा देखिए
पक्कै पनि ती दाँत नक्कली नै हुनु पर्छ
श्रीमती र दाँत उस्तै उस्तै बुझ्नु पर्छ ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































