साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रकृति र मान्छे

Nepal Telecom ad

नदी

दिन रात सधैं निरन्तर बगिरहन्छ । न कुनै थकावट छ, न कुनै रोकावट छ । सुगन्द फाले पनि दुर्गन्द हाले पनि बिपक्ष दलको जस्तो न कुनै आपत्ति छ । न कुनै असन्तुष्ट सभासद्को जस्तो नियापत्ति छ । जे फाले पनि यसले सहर्ष सुकारेर लैजान्छ । यसमा पनि सजीवको जस्तो गती र शक्ति छ । तर मान्छेप्रति कुनै गुनासो छैन ।

बृक्ष
यो पनि बकुल्ला भक्तमा एक खुट्टाले उभिरहन्छ । बकुल्ला केही पाउनलाई भक्ति गर्छ । तर बृक्षले केही लिनलाईभन्दा पनि, दिनलाई उभिराखेको हुन्छ । यस्ले चराचुरुङ्गी, किट्पतङ, जीवजन्तु देखी मान्छे समेत, सबैलाई गासबास, छहारी, काठपात दिन खुल्ला रुपमा निम्तो गरिराखेको हुन्छ । जसले जति भोगे पनि, जस्ले जे जति लगे पनि यस्को कतै उजुरी हुँदैन ।

पहाड
हिउ झरे पनि, पानी परे पनि, घाम लागे पनि, जून जागे पनि, दिन ढले पनि, हुरी चले । आगोमा जले पनि, एउटा चिर ध्यान बसेको ऋशी जस्तो चुपचाप बसी राखेकोछ । यसमा कुनै पीडा, हतास, क्रोध छैन । हामीले यसको छातीमा बम पड्काएर तालु ताच्दै, शिर फोर्दै चिप्लेन बाटो बनाउँदा पनि । गाडी घोडा कुदाउँदा पनि धैर्यता र सहनशीलता देखाउदै ध्यान मग्नछ । मनुश्यका लागी एउटा जादुकर बाबाले जस्तै अमुल्य धातुहरू आफ्नो कोखाहरूमा लुकाउदै बेलाबेला दिने गरेकोछ । हामीले यसको आन्द्रा भुँडी निकाल्दा पनि कुनै ऐया आथु छैन ।

मान्छे
सृस्टिाको उत्कृष्ट प्राणी मान्छे । हरेक कुरो सिक्नेमा निपुण मान्छे । यस सृस्टिआका सबै प्राणिका गुरु प्रकृति (जस्तै पहाड, नदी, बोटबृक्ष) । यसले हामीलाई हरेक पल हरेक कुरो सिकाइराखेको हुन्छ । बृक्षको सहयोगी भावना र उदारता, नदीले अटुट परिश्रम, पहाडले धैर्यता र शहणशिलता सिकाइ राखेको भए पनि हामीले लेखनाथ पौड्यालले लेखेको जस्तो मै खाउ मै लाउ मै बाचू, अरु सबै मरी जाउन भन्ने प्रबृत्ति देखाइराखेका छौं । हामीमा धैर्यता, सहनशीलता र उदारता पनि पाउन मुस्किलछ । सानो काँडाले घोज्दा पनि चिच्चाहाट छ । सानो समस्यालाई तिललाई पहाड बनएको छ । अरुको कम्जोरी ठुलो पहाड बनाउने । आफ्नो कमजोरिलाई लुकाउने प्रवित्ति हाबिछ । ढाट्ने, छल्ने, ठग्ने, लुट्ने, चुट्ने र कुट्ने प्रवित्ति बढ्दै गएको छ । हाम्रो प्रकृतिलाई हामीले बुझ्यौ भने अबश्य सुख शान्ति र चैन आउन सक्छ भन्ने कुरोलाई मनन गर्दै आज आफ्नो बेग्लै भावनाहरू यहाँहरूलाई पस्कने जमर्को गरे ।
धन्यवाद । जय काउकुती ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x