फित्काैली डटकमटोपी
पैतला रुपी फेदीले थेगेको जिउलाई पूरै स्थिर बनाएर भीरतिर जानबाट जोगाउने स्तम्भरुपी तिघ्राले अड्याएको थलथले मांसपिण्डको सबैभन्दा शिखरमा रहेको ओहो ! टाउको । टाउको साहुको भए पनि बाउको भए पनि उही हो रिनको भारी बोक्नै पर्ने । सबै टाउकाले देशी रिनको भार बोक्नै पर्ने । सँरी किन्न नसक्नेले पनि भारी, जारी गर्नेको त कुरै छोडौं ।
सबैले टेक्ने टाउको, सबैले फोर्ने टाउको, सबैले गिर खेल्ने टाउको, सबैका आलु फल्ने तालु, सबैका रनक्क तात्ने कन्सिरी, सबैका बिक्ने रछ । टुप्पी सबै यही टाउकामा हुन्छन् । टाउकाभन्दा पनि माथि छ टुप्पी । पहाडको टुप्पोमा पलाएको सालिम्मो जस्तो कपालको आँठो भएकाले नै यो टुप्पी भएको हो । टाउको महालङ्गुर टुप्पी सगरमाथा । त्यसैले कोही कसैलाई टेर्दो नगुन्दो भयो भने कस्तो टुप्पेको मान्छे ? भन्ने गरिन्छ । अर्थात् ठूलो हुन खोज्ने वा टुप्पामा पुग्न खोज्ने वा टुप्पीमा टेक्न खोज्ने ।
टुप्पीको नाता टोपीसँग पनि छ । टुप्पो टुप्पी, टोपी टुप्पामा लगाउने भएकोले, टुप्पीमा लगाउने भएकोले, टुप्पी ढाक्ने कवच वा कभर (खोल) भएकोले । टुप्पीको खोल यो टोपी खोल मात्र नभएर अनमोल पनि भनिन्छ । इज्जतसँग मात्र नभएर भाग्यसँग पनि टोपी गाँसिएको छ । निधार छोप्द भाग्य छोपिन्छ भन्थे बूढापाका ।
नेपाली टोपी, नेहरु टोपी, मुसलमान टोपी, तिब्बती टोपी, अङ्गे्रजी टोपी कति थरीका हुन् टोपी पनि । अँ्गे्रजी टोपीको ईकार काटेर टोप मात्र किन भनियो कोनि । नेपाली टोपी पनि पाल्पाली, भक्तपुरे, तेह्रथुमे, माकल टोपी, तुने टोपी धेरै थरीका छन् ।
टोपीको विकसित रुप चाँदतोडा श्रीपेच आदि । शिरको शोभा टोपी । लोकगीतको आलम्व, मिथक, लोकोक्तिको उद्घव बिन्दु र विषय ।
नाता खोज्दै गयो भने फेटासँग पनि साइनो गाँस्छ यसले । फेटाको जगमा अडिएको सत्तल, पाटी, घर हो टोपी । टोपी र फेटा कुन जेठा होलान भन्ने मुस्किलै छ । काम भने एउटाको कस्ने अर्कोको बस्ने, एउटाले बेर्ने र घेर्ने, अर्काले छोप्ने र ढाक्ने । दुवै टाउको जोगाउने साधन ।
सँगै बस्ने दाजुभाइ जस्ता टोपी र फेटा भए पनि टोपीको नाम धेरैजसो धोतीसँग जोडिएको हुन्छ । धोती कछाडमा लगाइन्छ टोपी टुप्पीमा तर नाम किन जोडियो ? विचारणीय कुरो हो यो । सम्भवतः धोती नाता लागे पनि टोपीबाट छुट्टएिर पर बसेकी चेली हो माइतीबाट ।
एउटा धोतीले दसवटा टोपी सिउन पुग्छ, तैपनि टोपी महँगो धोतीभन्दा शिरको शोभा भएर होला । प्रत्येक टोपी एउटा न एउटा धोतीसँग नाता गाँस्न खोज्दै घुम्छ, कस्तुरीले बिनाको वास्ना खोजेझैं । टोपीले टुल्टुल्को उठ्न दिँदैन । शत्रुको मारमुङ्गी छेक्छ । त्यसैले ढाल वा कवच हो यो । चिण्डे तालु र धसिङ्गरे कपाल दुवैलाई छोप्न र सुरक्षा दिने काम पनि यसको हो । चोटदेखि खोट मात्र होइन फोहोर र चकमकनाको ओहोरदोहोर यसले लुकाइदिन्छ । हो त्यसैले सबै नेताहरूले टोपी लगाउने गरेका ।
टोपीको नातो चाहिँ धोतीको जति पावरफुल नहुँदोरहेछ । ठूला मान्छे हुनेहरू सबै धोतीमा लपेटिएर, धोतीको फेर समातेर, धोती धोएर, धोतीमा नाता गाँसेर त्यहाँसम्म पुगेका हुन् तर फेर नभएको टोपीमा अल्भिmन लुटपुटिन र धोइदिन पनि मिल्दोरहेनछ । शिरमा र सफा ठाउँमा लाउने र दसथरि पत्र पल्टाएर बात बतुर्न नमिल्ने टोपी उच्च ठाउँमा भएर पनि, उच्च सम्मान पाएर पनि, आलङ्कारिक भए पनि पावर भने कम हुँदोरहेछ ।
टोपी खस्नु, टोपी झिक्नु, धोती न टोपी हुनु, टोपीसँग जोडिएर आएका टुक्काहरू हुन् । धोती पनि नलगाउने, टोपी पनि नलगाउने वर्तमानयुगका जनता, नेता, राजनेता सबैका हकमा यो टुक्काको अर्थ सन्दर्भ नमिल्न सक्छ तर पनि म जबर्जस्ती यो सन्दर्भको साँचो कस्न लागिरहेको छु । सबैथोक सकिनु बेइज्जत हुनु, इज्जत जानु, लाज हुनु, यही सन्दर्भ त होला नि यसको, होइन र ?
टोपी एउटा ब्राण्ड पनि हो । बीपी कोइरालाको कालोचुच्चे भक्तपुरे कालोटोपी उनका अनुयायीको पनि संस्मरणबाट विलिन हुन थालेको छ । डा. भट्टराईको टोपी पनि एउटा ब्राण्ड बनिसकेछ अचेल । अस्ति बिहान तुसँरो छेक्ने अगाडि बटम पछाडि फित्ता भएको एउटा घोप्टे टोपी लाएर पाटनका गल्लीतिर एकाबिहान डुलेको त सबैजना \’भत्तराई खःला ?\’ भन्दै झ्यालझ्यालबाट हेर्न थाले । जात मिले पनि बात नमिल्ने मान्छेसँग आˆनो नाम जोडेको मन नपरेपछि टोपी फेर्नु राम्रो । घरमा पुगेर त्यो टोपी छोडेर ढाकाटोपी ओढेर निस्कन्छु त एकजनाले प्याच्च भनिहाल्यो हिजोको दरबारियाजस्तो छ । दरबार देखेकै नारायणहिटी सङ्ग्रहालयमा परिणत भएपछि सय रुपियाँ तिरेर हेरेपछि मात्रै हो । के को दरबारिया टोपी लाउँदैमा दरबारिया हुने भए म एउटामाथि अर्को खप्टिएर डबल दरबारिया बन्ने थिएँ । अलिक परतिर एउटाले सोधिहाल्यो, हजुर कुनै औपचारिक समारोहतिरै हो कि कसो ? \’हो\’ ठाडो जवाफ दिएर ठेटनाहरूलाई पढाउन गए । कलेज नामको उच्च माविका एक दर्जन जगल्टेलाई पढाउन थालेको सबै मतिर हेरेर मुसुमुसु हाँस्न थाले । कतै जिपरले पो यिनीहरुलाई हाँस्न लायो कि भनेर बिस्तारै जाँचे होइनरहेछ । एकजनालाई हकारेर सोधेपछि पो मेरो टोपी हेरेर हाँसेका रहेछन्, भन्ने थाहा पाएँ ।
रिसको पारो सय डिग्री नाघेपछि टोपी देख्दा दरबारिया भन्नेले दौरँ देखे के भन्लान् भनेर दौरँ सुरुवालको कोट टोपी धडेर भतिजो पर्नेको विवाहमा गएको सिंहदरबार र पद्मोदय मोडमा ट्राफिक प्रहरीको सलाम पनि पाइयो, चिचीभुाडीलाई बाटो कटाइदिन पनि त्यसैलाई लाइयो ।
ए गाँठे ! इज्जत त हाम्रै बाउका दौरामा र\’छ नि । दौराको मान्छे कसरी हिँड्नु अब सबैले मन्त्री ठानिहाले । ट्याक्सी रोकेर दौडिएँ खसीचोक । ड्राइभर डरायो, जताजता अरायो त्यतैत्यतै चलायो भित्र जान्न पनि भनेन, त्यता लान्न पनि भनेन, डबल पनि मागेन, जति दियो त्यति लियो, चानचुन नमिलेकोमा कसिकसाउ पनि गरेन, झगडा पनि परेन । त्यो दिनदेखि औंसी पूर्णेमा दौरँ सुरुवाल लाए पनि टोपी भने सधैं लाइरहेकै छु टोपमा ई मिलाएर ।
शनिबार, गोरखापत्र
Subscribe
Login
0 Comments
Oldest






































