साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सांसद्–उर्वशीस्तोत्रम्

Nepal Telecom ad

हाम्ररा सांसद नेपाली नामका मात्र छन् तर,
उर्वशी ओठमा लाली घसेर बस्तछे वर ।
निजी सचिव छे आफैं कखरा पनि जान्दिन,
किन हो घरमा झ्याम्ले नराखे बस्न मान्दिन ।

रोस्टम् घेर्नुपरे त्याहाँ पहिल्यै झट्ट पुग्दछे,
अर्का सांसदले आँखा झिम्क्याए मख्ख पर्दछे ।
राजधानी बसी काली कर्णालीभित्र खोज्दछे,
मेचीका साँधको खम्बा टनक्पुर्मा छ भन्दछे ।

सांसद् नै हुन् बडा मान्छे यिनै हुन् जननायक,
भनी भत्ता थपे धेरै हर्षले आँसु झार्दछे ।
राष्ट्रसेवकको केही बृद्धि बेतनको भयो,
भन्ने सुनेर बल्ढ्याङ्ग्रे आँखा तरक्क तर्दछे ।

बसाहा मन्त्रि छन् जस्का सालासाली त स्याल छन्,
झर्ला र खाउँला भन्दै औंलाले दिन गन्दछन् ।
खिखिर्रे पछि लागेर न ता क्यै हात पार्दछन्,
बिचरा दुःख पाएर तुरुक्क आँसू झार्दछन् ।

सांसद् वानर हुन् मीठो खोसेर पेट भर्दछन्,
उनी वा नर हुन् ! झूटो बोलेर देश ठग्दछन् ।
यसो हुँदा नदी हाम्रा स्थान छाडेर बग्दछन्,
गाउँका मुखिया ठाडै बाटामा नित्य हग्दछन् ।

नेपालमा हिजो आज उर्वशी छ पतिव्रता,
नाम डम्फु बजाएर जमेकी छ जता तता ।
कर्ता भर्ता बनी गर्छे उर्वशी नकली कुरा,
दन्दन् सदन दन्काई तन्काई असली सुरा ।

आफ्ना भक्तहरूलाई धेरै द्रव्य दिलाउने,
देब्रे र दाहिने हात एकैसाथ मिलाउने ।
सांसद् प्रिये नखर्मौली काँङदेवी नमो नमः
बामदेवी, प्रचण्डाभ्या उग्रचण्डी नमोनमः ।
पञ्चेश्वरी र सद्भाव पूजिता परमेश्वरी,
अरु जे जति छौ रूप एकमुस्ट नमोस्तुते ।

यो स्तोत्र जसले प्रातः उठेर पाठ गर्दछ,
आफ्नो जीवनमा त्यस्ले हसुरी पेट भर्दछ ।

सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x