सुलसुलेपचासौँ शृङ्खलामा आरम्भ
राजधानीमा नियमित आयोजना हुँदै आएको आरम्भले आफ्नो स्वर्ण शृङखला भव्य रुपमा सम्पन्न गरेको छ । वरिष्ठ गीतकार काली प्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अधिवक्ता शेर बहादुर केसी, गजलकार ज्ञानु वाकर उपस्थित हुनहुन्थ्यो ।
कार्यक्रममा समीक्षक काली प्रसाद पोखरेल, समाजसेवी लक्ष्मी प्रसाइ, साहित्यकार गोपाल पराजुली, प्रेस काउन्सिलका पूर्व अध्यक्ष मुरारी शर्मा विशेÈ अतथिका रुपमा आमन्त्रित हुनुहुन्थ्यो ।
आरम्भको यस शृङ्खलामा कालीप्रसाद रिजाल, ज्ञानु वाकर पौडेल, निर्मल कुमार रिमाल, जीवराज बुढाथोकी, प्रेम ओली ढकलपुरे, राजेश चोच्छे, ऋचा, सुमी लोहनी, बामदेव शर्मा, विजय विश्वाश, प्रविण भण्डारी, हरिमाया भेटवाल, विक्रम रोदन, मुकुन्द दाहाल, प्रभाकर पाण्डे, भिजन गुरागाइ, केरा अर्याल, भुवन थापा, प्रिन्स प्रमोद ढकाल, प्रकाश पारखी, एटम बिद्रोही, रस्मी रिमाल, उदयचन्द्र दास, सागर सिलवाल, दामोदर नेपाल, अवी ओली, जनार्दन अधिकारी, भवानी हुमागाइँ, सुमन दाहाल, लक्ष्मी श्रेष्ठ, स्मिता श्रेष्ठ, लोचन ज्योति लगायत तीन दर्जन कविहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए ।
गायकद्वय गोविन्द आचार्य र प्रकाश रेग्मीद्वारा आप्mना सुमधुर गीत प्रस्तुत गरिएको कार्यक्रमको अध्यक्षता आरम्भका अध्यक्ष प्रेम ओली ढकलपुरेले गर्नुभएको थियो भने सञ्चारकर्मी शशी शर्मा मजगैयाले सञ्चालन गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































