साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य परिषद्, रोल्पाको अधिवेशन

Nepal Telecom ad

ललित साहित्य परिषद् रोल्पाको छैठौं अधिवेशन तथा १४ औं साधारणसभाको असोज ४ गते उद्घाटन समारोह सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो ।

प्रमुख अतिथि क्षेत्रीले ६ वटा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यस्तै सोही अवसरमा प्रमुख अतिथिले डी.बी. टुहुरोद्वारा लिखित ‘ललित साहित्य परिषद्को इतिहास’ नामक कृतिको लोकार्पण समेत गर्नुभएको थियो ।्

उद्घाटन कार्यक्रमको अवसरमा विशिष्ट अतिथि डी.बी. टुहुरो, नेपाली काँग्ररेस रोल्पाका सहसचिव दीपक श्रेष्ठ, नेकपा एमालेका मनसिं डाँगी, एकीकृत नेकपा माओवादी रोल्पाका सचिव पुर्ण केसी, राप्रपा रोल्पाका उपाध्यक्ष पूर्णे पुन, नेपाल परिवार दल रोल्पाका उपाध्यक्ष खिमबहादुर कवरले शुभकामना मन्तव्य दिनुभएको थियो । त्यस्तै प्रहरी नायव उपरिक्षक नवीनराज राई, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष गोकर्ण पुन, जलजला बहुमुखी क्याम्पसका प्रमुख विनोद आचार्य, लोक आलोक, खेम बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा सावित्री तारामी, नारायण रेग्मी, खबपु चञ्चल मगर, चेतमानजी विवेश, मोहनचन्द्र घर्तीमगर, झुमा वली लगायतले आआफना रचना वाचन गर्नुभएको थियो । परिषद्का अध्यक्ष ओम पन्छीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव केवी विरहीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य नवीन लोचन मगरले दिनुभएको थियो ।

जिल्ला विकास समितिको नयाँ हल लिबाङमा चलिरहेको बन्दसत्रले परिषद्को नयाँ कार्यसमिति चयन गर्नेछ ।
–खेमराज गाउँले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x