साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौका

Nepal Telecom ad

नेतालाई गालि त कति गरियो कति
मौकामा चौका कति हानियो कति
कस्तो मजा आउँछ नेतालाई भ्रष्टाचारी भन्दा
मौकामा भ्रष्टाचार कति गरियो कति !

देश बनाउने कुरा कति गरियो कति
देश बिगार्नेलाई गालि कति गरियो कति
कस्तो मजा आउँछ अरुलाई देशमारा भन्दा
मौकामा आफूले कति मारियो कति !

यस्तोको ठाउँमा उस्तो गरेको भए हुन्थ्यो
त्यस्तो ज्ञान त कति बोलियो कति
कस्तो मजा आउँछ अरुको कामको टिप्पणी गर्दा
मौकामा आफूले कति बिगारियो कति !

बत्तिसपुतली, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x