साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नो एन्सर

Nepal Telecom ad

जुन बल्छीको चारो खान्छ
माछा उसैको हुन्छ
पाप गरेको भन्ने कि धर्म ?
हरपल गङ्गाजल स्नान गर्ने माछाले
मरेपछि पनि सुख पाउँदैन
तातो कराई माथि उम्लिएको तेलमा
झ्वाइँ झ्वाइँ जल्नु पर्छ ।

पीडितले न्यय पाउला र यो देशमा ?
न्यायाधीशले नै घुस लिएपछि
कसको पक्षमा फैसला गर्छ ?
हरेक सरकारी कार्यालयमा
टेबुलमुनिबाट लेनदेन हुन्छ
लिने र दिने दुवैलाईच्याप्प समातेर
नाङ्गो बनाएर
काउसोको माला लगाएर
रत्नपार्कमा लगेर छोड्नु पर्छ
बिर्सनु हुँदैन त्यसलाई चारपाटा मुड्नु पर्छ ।

के गर्नु बखान
जोडेर उखान
भ्रष्टाचार मौलाएकै छ
नानी– पानी– जवानी पलायन भएकै छ
उ गर्छु भनेर गएको मान्छेले
उ गरेर उ गर्छ
उ गर्दागर्दै उसको उ भएछ
देश र जनताका लागि लड्दालड्दै
त्रिचराको बल वैँश र जवानी गएछ ।

तपाइँले संविधान लेख्नु भयो भने
कति दिनमा तयार पार्नु हुन्छ ?
एक वर्ष
एक महिना
एक दिन
एक घण्टा
वा
एक सेकेण्ड ?
लेख्नेहरूको इच्छा हुनुपर्छ
शक्ति आफैं उत्पन्न हुन्छ
एकै बसाइमा महाकाव्य त तयार हुन्छ ।

कसले भनेको ? नेपालको संविधान लेख्न
६०१ को बथान चाहिन्छ
पटक पटक चुनाव हुनु पर्छ
जारी गर्ने मिति सारी रहनु पर्छ
भनेर ।
यो सबै सुशुप्त सुनामी छाल हो
नेपाली जनतालाई उल्लु बनाउने चाल हो
एचआइ भी बाट बच्ने भरपर्दो माध्यम
प्यान्थर अनि ढाल हो ।

हामी हाक्काहाक्की भन्न लाज मान्छौँ
भित्रभित्रै त्यही काम गर्छौं
अनि त सावधानी अपनाउन बिर्सन्छौँ
त्यही भएर
भिआइपीको सङ्ख्या भन्दा
एचआइभीको सङ्ख्या बढ्दै गा’छ
के तपाइँलाई था’छ ?
एउटै चर्पी प्रयोग गर्दैमा
जुठो खाँदैमा
अँगालो मार्दैमा सर्दैन
नसरेसम्म बचाउने प्यान्थर
सरेपछि नो एन्सर !!

जोगिमारा– ७, भारपाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x