साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी वीर नेपाली !

Nepal Telecom ad

 

बृद्ध आमा छायाँ देवीलाई नचाई नचाई गणतन्त्र ल्याइयो
बृद्ध आमा गङ्गा देवीलाई ललाई फकाई नन्दप्रसाद मारियो
अब कुन बृद्धालाई सडकमा नचाउँ यसपाली ?
उनी नन्दप्रसाद गोर्खाली, हामी बीर नेपाली ।

द्रौपदीको चिर हरण हुँदा उ बेला
सप्पै बीर धीर निहुरीमुन्टी उभिए त्यो बेला
नन्द प्रसाद अधिकारी मरे यसपाली
तिन करोड त्यसै गरि उभिए नेपाली
उनी नन्दप्रसाद गोर्खाली, हामी बीर नेपाली ।

उता द्रौपदीको चिर हरण हुँदै थियो
यता गङ्गा देवी अधिकारीको प्राण हरण चल्दैछ
तिन करोड मृतात्माको दशै यसपाली
मृतात्माको मृतात्मालाई शुभकामना ला लिई
उनी नन्दप्रसाद गोर्खाली, हामी बीर नेपाली ।

चिर हरण रोक्न उता श्रीकृष्ण आउनु भा”थ्यो
प्राण हरण जारी राख्न यता नेता पाल्नु भा’थ्यो
चिरहरण पछि उही कुरुक्षेत्रको पालि
उनी नन्दप्रसाद गोर्खाली, हामी बीर नेपाली
हामी बीर जाति हौँ, बहादुर नेपाली ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x