साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘तोरीको फूल’ देखाइयो

Nepal Telecom ad

काठमाडौं– कि गाईजात्रे कार्यक्रम कि सिस्नुपानीका स्टेज सोहरूमा व्यङ्ग्य कविता सुन्न पाइन्छ । लेखक र कलाकारहरू मुलुकको राजनीति र समसामयिक सन्दर्भमाथि शब्दवाण प्रहार गरिरहेका हुन्छन् । बुधबार (२०७१, असोज ८ गते) राजधानीको एउटा कार्यक्रममा भने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ व्यङ्ग्य कविता सुनाउँदै थिए–
‘मान्छेको बीउ रोप्दा
पशु फल्छ
पशुपतिका गजुरमाथिका
बाँदरहरूले हाँकेको देश
हेरौँ कतिन्जेल चल्छ ?’

अध्यक्ष नेम्वाङ हास्यव्यङ्ग्य कवि टङ्क आचार्यको हास्यव्यङ्ग्य कविता सङ्ग्रह ‘तोरीको फूल’को सार्वजनिक क्रममा थिए । उनले आचार्यको कविताकृति लोकार्पणमा आउनुको पछाडि ‘हेरौँ’ शीर्षकको उपर्युक्त कविता रहेको बताए । ‘यो कविता मैले धेरै पटक दोहोर्याएँ’ उनले भने, मुलुकको राजनीति सम्झेँ, आफ्नै दायित्वहरू सम्झेँ अनि यहाँ आएँ ।’ कार्यक्रमका यी प्रमुख अतिथिलाई संविधानसभाको ‘अन्तिम अध्यक्ष’ को रूपमा समेत पेस गरिएको थियो । ‘हो म अन्तिम सभा अध्यक्ष नै हुन चाहन्छु ।’ नेम्वाङ्ले भने, ‘माघ ८ गते भित्र पक्कै संविधान आउनेछ ।’ नेम्वाङले यी सबै भन्नुका पछिल्तिर ‘तोरीको फूल’ मा समेटिएको राजनीतिक व्यङ्ग्य थियो । उनले राजनीतिको नकारात्मक प्रवृत्ति, अराष्ट्रिय बाटो, अनुशासनहीनता, भ्रष्टाचारमाथि चोटिलो व्यङ्ग्य गरेको बताउँदै समाजलाई सही बाटोमा डोर्याउन कृतिले सघाउने दाबी गरे ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक डा. रामप्रसाद ज्ञवालीले पनि यस्तै धारणा राखे । मनोज गजुरेलले प्रधानमन्त्री सुशील कोइराला, नेताहरू प्रचण्ड र माधव नेपाल लगायतको क्यारीकेचर गर्दै टङ्कको दृश्यात्मक परिचय दिएका थिए ।

अर्का व्यङ्ग्य कवि अर्जुन पराजुलीले रोचक तुक्काहरू मार्फत स्वागत गरेका थिए । सिस्नुपानी नेपालका महासचिव समेत रहेका आचार्यको कृतिबाट शैलेन्द्र सिंखडाले कविता वाचन गरेका थिए भने गायक शिशिर योगीको समूहले गीत प्रस्तुत गरेका थिए ।

सभासद तथा हिसानका अध्यक्ष उमेश श्रेष्ठको सभापतित्वमा भएको समारोहमा श्रेष्ठ र लिलामणि पौडेलले ‘तोरीको फूल’माथि टिप्पणी गरेका थिए । कृति याम्बुरी बुक प्वाइन्टले छापेको हो ।

‘कान्तिपुर’ २०७१ असोज ९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x