साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरको पुच्छर

Nepal Telecom ad

राजनीतिलाई जान्ने बुझ्ने एक सज्जन साँच्चिकै सज्जन छन्, किन भने आफ्नो देश नेपाललाई साँच्चिकै माया गर्छन् । त्यसैले म पनि उनलाई साँच्चिकै माया गर्छु ।

एक दिन मेरा ती आदरणीय सज्जनलाई मैले निकै उदास र हतास देखेँ । सारै माया लागेर सोधेँ, किन हो यस्तो निन्याउरो मुहार ? त्यस्तो के पर्यो र ? हामीले पनि सन्न हुने भए आज्ञा होस् । पापी कानलाई पवित्र पारौँ ।

ती राजनीतिज्ञ सज्जनले बडो सकसका साथ भने– केही महिना अघि भारतीय प्रधानमन्त्री मोदी आएर नेपाली नेताहरूलाई एकपुट भएर– अनेक फूलहरूको सुन्दर (गुलदस्ता र बुके) भएर अघि बढ्नू, भन्ने सल्लाह दिएर गए । सोझा साझा सारा नेपाली जनता खुसी भए, अब भ ने बल्ल हाम्रा नेताहरू मिलेर देश विकासमा लाग्ने भए, भन्ठाने । तर किन हुन्थ्यो ! धेरै दिन देखि सदन अवरूद्ध छ । अब त हुँदा हुँदा ‘देश टुक्र्याउने अधिकार समेत संविधानमै लेखिनु पर्छ !’ भन्ने माग समेत गर्न थाले । मोदीले जुटेर जाओ भने यी फुटेर जान खोज्छन् ।

हरे… फेरि संविधान बन्ने काम अनिश्चित् हुने भयो । यी साँच्चिकै कुकुर पुच्छ्रे नेता हुन् । बाह्र वर्षसम्म ढुङ्ग्रामा राखे पनि सोझो नहुने । त्यसैले म हृदयदेखि हतास र दिलैदेखि दुखी छु । – यति भनिसकेपछि उनी फेरि घनघोर दुखी भए ।

ती सज्जनलाई सम्झाउन सक्ने हुती आफ्नो मगजमा नभा हुनाले, उनको समर्थनमा ‘हो त नि’ भन्दै मैले थपेँ– एउटै आमाका सन्तान भएर क्यै कुरो मिलेन भन्दैमा आमालाई नै टुक्रा टुक्रा पारेर कृतघ्नी पातकी हुन त पाइन्न नि ! कि कसो ?
‘हो त नि !’ भन्ने पालो अब ती सज्जनको थियो ।

थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
फोन

फोन

लीलाराज दाहाल
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
0
Would love your thoughts, please comment.x
()
x