साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एन.आर.एनको सम्पत्ति भित्र्याउँछौँ

Nepal Telecom ad

देशमा भएको र विदेशीले दिएको सबै भित्र्याई सकियो
अब एन.आर.एनको सम्पत्ति भित्र्याउन खोज्दै छौँ
कसले कसरी कति भित्र्याउने उपाय सप्पै सोच्दै छौँ
बोरा, घ्याम्पा थाल कचौरा भाँडा आफ्ना रोज्दै छौँ
अब एन.आर.एनको सम्पत्ति भित्र्याउन खोज्दै छौँ ।

६०१ का एकसे एक मालिकले भित्र्याउनुसम्म भित्र्याउँछौँ
तिनका ६०१ कामदारले बचेखुचेको भित्र्याउँछौँ
त्यसपछि प्रक्रिया मिलाउँदै कर्मचारीले भित्र्याउँछौँ
छरिएको जर्ती त्यसपछि जिन्दावाद र मुर्दावादवालाले भित्र्याउँछौँ
यसरी सबै भित्र्याई सकियो, नयाँ भित्र्याउन खोज्दै छौँ
अब एन.आर.एनको सम्पत्ति भित्र्याउन खोज्दै छौँ ।

कोहि सिद्धान्त छाँटेर भित्र्याउँछौँ,
कोही नियम ढाँटेर भित्र्याउँछौँ
कोही प्रक्रिया पुर्याई भित्र्याउँछौँ
कोही सल्लाह सुझाई भित्र्याउँछौँ
कोही समर्थन गरेर भित्र्याउँछौँ
कोही बिरोध गरेर भित्र्याउँछौँ
भित्र्याउनु हाम्रो धर्म हो–
अब एन.आर.एनको सम्पत्ति भित्र्याउँछौ

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x