साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘पिँडालु पण्डित’ सम्मानित

Nepal Telecom ad

हेटौँडा, आश्विन २६– भैरव स्मृति सम्मान पुरस्कार– २०७० बाट हेटौँडा– २३ हर्नामाडीका हास्यव्यङ्ग्यकार वासुदेव गुरागाईं ‘पिँडालु पण्डित’ सम्मानित भएका छन् । साहित्य संगम मकवापनुर र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रूपमा शनिबार उनलाई सम्मान गरेको हो । पुरस्कार रकम २१ हजार १ सय ११ रुपैयाँ छ ।

हास्यव्यङ्ग्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । पुरस्कार पाउने पिँडालु पण्डित पहिलो मकवानपुरे हास्यव्यङ्य स्रष्टा हुन् । यो पुरस्कारबाट यस अघि हास्यव्यङ्ग्यकारहरू गायत्री परिरोशनी, चूडामणि खनाल, चट्याङ मास्टर र नरनाथ लुइँटेल सम्मानित भइसकेका छन् ।

पुष्पलाल स्मृति पुस्तकालयको परिसरमा रहेको स्व.भैरव अर्यालको सालिकमा माल्यार्पण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रममा अर्यालका रचनाहरूको सङ्कलित कृति ‘राजीनामा’ सार्वजनिक समेत गरियो । कार्यक्रमका प्रमुख अतिथि व्यङ्ग्यकवि अर्जुन पराजुलीले १ सय रुपैयाँमा पुस्तक खरिद गरेर लोकार्पण गरिएको हो । साहित्य संगम मकवानपुरद्वारा प्रकाशित एवं शिव रेग्मीद्वारा संकलित र सम्पादित पुस्तकमा भैरव अर्यालको अन्य कृतिमा नपरेका रचनाहरू छन् । कार्यक्रममा उद्योयोगी अरुणराज सुमार्गीलाई पनि सम्मान गरिएको थियो ।
पिँडालु पण्डितलाई फित्कौलीको हार्दिक बधाई ।

समाचार र तस्विर श्रोत– कान्तिपुर अनलाइन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x