सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘पिँडालु पण्डित’ सम्मानित

Nepal Telecom ad

हेटौँडा, आश्विन २६– भैरव स्मृति सम्मान पुरस्कार– २०७० बाट हेटौँडा– २३ हर्नामाडीका हास्यव्यङ्ग्यकार वासुदेव गुरागाईं ‘पिँडालु पण्डित’ सम्मानित भएका छन् । साहित्य संगम मकवापनुर र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रूपमा शनिबार उनलाई सम्मान गरेको हो । पुरस्कार रकम २१ हजार १ सय ११ रुपैयाँ छ ।

हास्यव्यङ्ग्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । पुरस्कार पाउने पिँडालु पण्डित पहिलो मकवानपुरे हास्यव्यङ्य स्रष्टा हुन् । यो पुरस्कारबाट यस अघि हास्यव्यङ्ग्यकारहरू गायत्री परिरोशनी, चूडामणि खनाल, चट्याङ मास्टर र नरनाथ लुइँटेल सम्मानित भइसकेका छन् ।

पुष्पलाल स्मृति पुस्तकालयको परिसरमा रहेको स्व.भैरव अर्यालको सालिकमा माल्यार्पण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रममा अर्यालका रचनाहरूको सङ्कलित कृति ‘राजीनामा’ सार्वजनिक समेत गरियो । कार्यक्रमका प्रमुख अतिथि व्यङ्ग्यकवि अर्जुन पराजुलीले १ सय रुपैयाँमा पुस्तक खरिद गरेर लोकार्पण गरिएको हो । साहित्य संगम मकवानपुरद्वारा प्रकाशित एवं शिव रेग्मीद्वारा संकलित र सम्पादित पुस्तकमा भैरव अर्यालको अन्य कृतिमा नपरेका रचनाहरू छन् । कार्यक्रममा उद्योयोगी अरुणराज सुमार्गीलाई पनि सम्मान गरिएको थियो ।
पिँडालु पण्डितलाई फित्कौलीको हार्दिक बधाई ।

समाचार र तस्विर श्रोत– कान्तिपुर अनलाइन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad