साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको नीति

Nepal Telecom ad

जितेपछि गाउँ फिर्न जानिन्न
जनतालाई जनता मानिन्न ।
देश बनाउने ध्यान छैन हाम्रो
जनता मर्दा मान्दैनौ नराम्रो ।

आफ्नो भुँडी छाडिन्न भर्न
चासो छैन निर्धाको काम नगर्न ।
आफ्ना लागि दरवार बनायौँ
अहिले हामी सिनो झैं गनायौँ ।

सत्ता भत्ता गाडी र दरवार
नेता भए सप्रिन्छ घरवार ।
भाषण गर्न जान्दछौँ चर्को
हाम्रो भाषण सुन्नेलाई भो झर्को ।

कुर्सी चढ्ने खेल हाम्रो कस्तो छ ?
केटाकेटी पिङ् खेले जस्तो छ ।
यौटा ढाल्छौँ अर्कालाई चढाउँछौँ
चाँडो चाँडो त्यसैलाई लडाउँछौँ ।

कहिले गर्छौं कुर्सीले हानाहान्
कहिले गर्छौं त्यै कुर्सी तानातान
हाम्रै हुन्छ सडकमा आन्दोलन
सधै लाग्छ कुसी चढ्ने मन ।

खरिद बिक्री आ–आफै गरिन्छ
भुँडी भर्दा मिलेर भरिन्छ ।
राजनीति फोहरी खेल हुन्छ
कुकुर र बिरालो मेल हुन्छ ।
काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x