साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुहारी बन्न जानिन ! ?

Nepal Telecom ad

साइँला ! 
तिमीले छोरीलाई क्याम्पस पढाएछौ,
तिमीले छोरीलाई स्कुटर चढाएछौ,
बेसै भयो । राम्रो भयो ।
तिमीले छोरीलाई ‘छोरी’ बन्न सिकाएछौ,
त्यो पनि राम्रै भयो ।
तर साइँला !
तिमीले छोरीलाई बुहारी बन्ने सिकाएनछौ ।
तिमीले छोरीलाई घर धान्ने सिकाएनछौ ।
साइँला, तिमीले छोरीलाई ‘छोरी’ मात्र बनाएछौ ।

तिमीलाई थाहा छ, छैन साइँला ?
छोरी त छोरी मात्र हुन्छे आमा–बाबाको ।
बुहारी त सबैकी छोरी हुन्छे ।
तिम्री छोरी बुहारी हुन जानेकी भए
सबैकी छोरी हुन्थी, साइँला !
सबैकी प्यारी हुन्थी, साइँला !
तर साइँला,
तिम्री छोरी, ‘छोरी’ बनिछे, बुहारी बन्न जानिनछे ।
आफ्नै घर–आफ्नै परिवार, कहिल्यै आफ्नो मानिनछे ।
साइँला, तिम्रीे छोरी,
‘छोरी’ बन्न त जानिछे, बुहारी बन्न जानिनछे ।

साइँला !
छोरीको मायाँले माइति ढाक्छ ।
बुहारीको मायाँले त घरसंसार ।
भन त साइँला,
कुन मायाँ ठूलो हुन्छ ? कुन मायाँ जाति ?
साइँला,
तिमीले छोरीलाई ‘छोरी’ बनायौ ।
बुहारी बन्ने सिकाउन जानेनौ ।
तिमीले छोरी आफ्नो मान्यौ
बुहारी आफ्नो ठानेनौ ।
‘छोरी’ सृष्टिको पूmल हो, साइँला !
‘बुहारी’ सृष्टिको मूल ।
तिमीले छोरीलाई ‘पूmल’ बनायौ,
‘मूल’ बनाउन जानेनौ ।
साइँला ! छोरीले,
माइतलाई घर सम्झिन, घर आफ्नो ठानिन ।
तिम्री छोरी, ‘छोरी’ बनिन, बुहारी बन्न जानिन ।

सिड्नी, अस्टे«लिया
७ चैत २०६६,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x