साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाथै नाथका बाँदरहरू

Nepal Telecom ad

सधैं अरुकै हात खोसेर
– खान पल्केका बाँदरहरू
सधैं अरुकै भाग लुटेर
– बाँच्न पल्केका बाँदरहरू
जति नै निर्दोषीपनको खोल ओढे पनि
जति नै निश्छलताका ढोल पिटे पनि
अरुलाई मात दिने आशामा नै बसिरहेका हुन्छन्
अरुलाई घात दिने ताकमा नै ढुकिरहेका हुन्छन्
चाहे ती राम्रा राम्रा फूल फुलेका
— सुन्दर उपवनहरू नै किन नहुन् ?
चाहे ती मीठा मीठा फल लागेका
—सुन्दर वृक्ष्नहरू नै किन नहुन् ?
बाँदरहरू जहिले पनि
– उजाड्नमै लागि परिरहेका हुन्छन्
बाँदरहरू जहिले पनि
– जरै उखेल्नमा कुदिरहेका हुन्छन्
बाँदरहरू जहिले पनि
—आफैं मात्र खानमा तम्सिरहेका हुन्छन्
बाँदरहरू जहिले पनि
— आआफ्नै भागबण्डाका लागि लुछाचुँडी गरिरहेका हुन्छन्
समष्टिगत इच्छालाई भन्दा
— ब्यक्तिगत इच्छालाई
—प्राथमिकता दिँदारहेछन् बाँदरहरू
नागरिक सर्वोच्चतालाई भन्दा
— ब्यक्तिगत सर्वोच्चतालाई
— सर्वोपरि ठान्दारहेछन् बाँदरहरू
आफ्नो स्वार्थभन्दा माथि उठनै जानेनन् बाँदरहरू
आफ्नो स्वार्थभन्दा माथि उठ्नै सकेनन् बाँदरहरू
बाँदरहरू —
न आफूहरूले नै घर बनाउँदा रहेछन्
न त अरुलाई नै बनाउन दिँदा रहेछन्
बाँदरको हातमा नरिवल हुनुको
—कुनै अर्थ नै हुँदोरहेनछ
बाँदरको हातमा डाडुपन्यू दिनुको पनि
—कुनै मर्म नै हुँदोरहेनछ
देश जतिसुकै भत्किरहे तापनि
देश जतिसुकै बिग्रिरहे तापनि
देश जतिसुकै जलिरहे तापनि
—टुलुटुलु हेरेरै बस्न सक्दारहेछन् बाँदरहरू
—रमिता देखाएरै नाँच्न सक्दारहेछन् बाँदरहरू
बाँदरहरू —
न त मान्छेमै रुपान्तरित हुन सके
न त पवनपुत्र हनुमानै बन्न सके
बाँदरलाई कसैको पनि डर हुन्न रहेछ
बाँदरको कुनै भर पनि हुन्न रहेछ
पशुपतिनाथ स्वयम्भूनाथ
वा त्यस्तै– त्यस्तै नाथै नाथमा बस्ने
नाथे बाँदरहरूले समेत
—आफूहरूलाई पनि नाथै सोच्दारहेछन्
—आफूहरूले पनि नाथैलाई मान्दा रहेछन्
अरुको नक्कल गर्न खुबै सिपालु हुँदारहेछन् बाँदरहरू
अरुको सिको टिप्न निकै खप्पिस हुँदारहेछन् बाँदरहरू
त्यसैले पनि होला सायद
बाँदरहरू जति नै आफ्नाझैं लागे पनि
बाँदरहरूलाई जति नै हाम्राझैं ठाने पनि
न त आफ्ना नै हुन सक्दारहेछन् बाँदरहरू !
न त हाम्रा नै हुन खोज्दारहेछन् बाँदरहरू !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरुप समय

कुरुप समय

उषा शेरचन
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x