साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ बजेट

Nepal Telecom ad

महंगीले रोपेर
जनताको ढाड सेकाइएन
तोरी फुलेको देखाइएन
ग्वाँ पारी घुँडा टेकाइएन भने
के बजेट ल्याउनु
बजेट बजेट भनि
ओठ मुख मात्र सुकाउनु ।

करले घोपेर
व्यापारीको टाट पल्टाइएन
सिन्डीकेट लगाएर
दुई चार उद्योग घटाइएन
उद्योगधन्दा बन्द गराएर
रोजगारीको पेट कटाइएन भने
के को बजेट ल्याउनु
खाली बजेट बजेट भनि
नदुखेको टाउको मात्र दुखाउनु ।

विकासे बजेट फालेर
आफ्नो गाउँमा पारिएन
कमिसनको नाममा
दुई चार दाम झारिएन
जनताको मुखाँ माँड नपरे पनि
आफ्नो मुखमा जाँड पारिएन भने
के को बजेट ल्याउनु
खाली बजेट बजेट भनि
दश नङ्ग्रा मात्र ख्याउनु ।

नयाँ नीति हालेर
धनीलाई धन थपिएन
गरिब झन दबिएन
जनता सुकुम्बासी बनाई
आफूमाथि थपिएन भने
के को बजेट ल्याउनु
खाली बजेट बजेट भनि
मन्त्रालय मात्र धाउनु ।

वजेट ल्याउँदा
दुई नम्बरीलाई बचाइएन
महगी चर्काएर
बजारमा उधुम मचाइएन
कामै नगरी
तलब भत्ता पचाइएन भने
के को बजेट ल्याउनु
खाली बजेट बजेट भनि
के को मन्त्री मात्र हुन आउनु ।

दाङ, हाल काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x