साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौँडामा लक्ष्मी जयन्ती

Nepal Telecom ad

भाइटीकाको दिन हेटौँडामा शिव सावित्री प्रतिष्ठानको पुनर्गठन भएको छ । सो अनुसार ध्रवमोहन अधिकारी अध्यक्ष, उत्तममोहन अधिकारी उपाध्यक्ष, रमेशमोहन अधिकारी सचिव तथा चन्द्रमोहन अधिकारी प्रबन्ध निर्देशक रहनु भएको छ । यसै गरी सदस्यहरूमा वीरेन्द्रमोहन अधिकारी, रिता दाहाल, विश्वमोहन अधिकारी, विमिता अधिकारी तथा विवेचना अधिकारी रहनु भएको छ ।

२०६२ मा स्थापित यस संस्थाले रौतहटको चन्द्रपुरमा महाकवि देवकोटा जयन्ती गर्ने गरेको छ र हेटौँडामा मुक्तक साहित्य पुरस्कार तथा उत्कृष्ट भाषा शिक्षक सम्मान प्रदान गर्ने गरेको छ । यसै गरी मकवानपुरको चित्लाङमा शैक्षिक पुरस्कार तथा पर्सामा समेत शैक्षिक तथा साहित्यिक पुरस्कार प्रदान गर्ने गरेको छ । संस्थाले अझ स्तरीय कार्यक्रमहरू गर्ने र सदस्यतालाई अलि विस्तार गर्ने निर्णय गरेको छ ।

यसैगरी शिव सावित्री प्रतिष्ठान तथा राम रेवती प्रतिष्ठानको आयोजनामा चन्द्रनिगाहपुरमा महाकवि देवकोटाको एक सय छैठौँ जयन्ती भव्यताका साथ सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा रौतहटमा निरन्तर साधनारत साहित्यकार रेणु गुप्ताको सम्मान गरिएको थियो । रेणु गुप्ताले नेपाली, बज्जिका तथा भोजपुरी भाषामा लेखन, अनुवाद, सङ्कलन तथा सम्पादन कार्य गरिरहनु भएकाले उहाँलाई सम्मान गरिएको हो ।

यसै गरी सोही कार्यक्रममा निबन्धकार माधव काफ्लेको प्रथम कृति निबन्ध सङ्ग्रह ‘लिगलिग कोट’ को विमोचन गरिएको थियो । सम्मानित व्यक्तित्वका बारेमा समीक्षक शङ्कर भट्टराईले तथा विमोचित कृतिका बारेमा रमेशमोहन अधिकारीले बोल्नु भएको थियो ।

सो कार्यक्रममा प्रभाती किरण, नारायण निराशी, हरिकृष्ण काफ्ले, बालमुकुन्द कार्की, यशु श्रेष्ठ, गणेश बस्नेत, अनमोल मञ्जरी, मनु मञ्जिल, जेनन नेपाल, मसान उपासक, शान्ता तिमल्सिना, राम आचार्य, लक्ष्मण आचार्य लगायत कविहरूले रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा वाचित रचनाहरूमध्ये उत्कृष्ट भए वापत मकवानपुरका कवि पुरुषोत्तम आचार्यलाई रु २०००।– नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन तेजविक्रम कार्कीले, स्वागत चन्द्रमोहन अधिकारीले तथा सभापतित्व राम रेवती प्रतिष्ठानका अध्यक्ष डा. शालिग्राम शर्माले गर्नु भएको थियो
श्रोत : रमेशमोहन अधिकारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x