साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधानले के गर्छ ?

Nepal Telecom ad

एउटा हुलले आन्दोलन गर्छ
हुलदङ्गामा अर्को मर्छ
सरकारले सहिद घोषणा गर्छ
अब जे गर्छ त्यही सहिदले गर्छ
जिउँदोले के गर्छ ?

ट्युसन पढेर घर फर्कदा रात पर्छ
बस भाडा छैन, भोकमा हिँड्नुपर्छ
त्यसलाई गुण्डाले पिछा गर्छ
अब जे गर्छ त्यही गुण्डाले गर्छ
सज्जनले के गर्छ ?

पुलिसले अपराधी गिरफ्तार गर्छ
अपराधी पार्टीको कार्यकर्ता पर्छ
हाकिमले पुलिसको सरुवा गर्छ
अब जे गर्छ त्यही कार्यकर्ताले गर्छ
नेताले के गर्छ ?

पीडितले मुद्दा दर्ता गर्छ
दसकौं तारिख धाउँछ, मर्छ
अब जे गर्छ त्यही मुद्दाले गर्छ
वकिलले के गर्छ ?

विध्यार्थी जाँचमा चोरी गर्छ
निरिक्षकले रेस्टिकेट गर्छ
विध्यार्थीले हड्ताल गर्छ
अब जे गर्छ त्यही विध्यार्थीले गर्छ
शिक्षकले के गर्छ ?

उद्योगीले मजदुर भर्ना गर्छ
मजदुरले सुविधा माग गर्छ
दिए उद्योगपति टाट पर्छ
अब जे गर्छ त्यही मजदुर गर्छ
उद्योगपतिले के गर्छ ?

तरकारी खाँदा मानिस बिरामी पर्छ
डाक्टरले पहिले अपरेसन पछि जाँच गर्छ
मृतकको आफन्त ढुङ्गामुडा गर्छ
अब जे गर्छ त्यही ढुङ्गामुडाले गर्छ
मापदण्डले के गर्छ ?

सेवाग्राहीले दरखास्त दर्ता गर्छ
रास्ट्रसेवकले घूस माग गर्छ
दिए स्वीकृत नदिए अस्वीकृत गर्छ
अब जे गर्छ त्यही घूसले गर्छ
अधिकारले के गर्छ ?

सांसदले छलफल गर्छ
एउटाले सहमति अर्कोले असहमति गर्छ
अगाडि एउटा कुरा पछाडि अर्कै गर्छ
अब जे गर्छ त्यही सांसदले गर्छ
संविधानले के गर्छ ?

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x