साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह आन्दोलन, नयाँ आन्दोलन !!

Nepal Telecom ad

केहि नेताहरू फेरि आन्दोलन गर्ने भन्न थाले
जनसङ्ख्या घटाउने र गरिबी बढाउने उपाय रोज्न थाले
तिनको विरोधमा अब हामी पनि आन्दोलन गरौँ
जनसङ्ख्या घटाउने र गरिबी बढाउने काम हामी पनि त गर्न थालौँ !

हेर्नुहोस् त, आन्दोलन गरि गरि उनीहरू नेता भए
धनी भए, ठूला भए, अत्याचार गरे, मोटाघाटा भए
हामी सहिद भयौँ, बाँकी गरिब भयौँ, दुखी र रोगी भयौँ
उनीहरूले त्यो गरे र त्यो भए, हामीहरूले त्यो नगरेर यो भयौँ !

त्यसैले, ल आउनुहोस् अब हामी पनि आन्दोलन गरौँ
उनीहरूले जे गरे त्यहि गरौँ, उनीहरू जे बने हामी बनौं
आखिर समाजका आदर्श तिनै हुन्, शीर्षस्थ तिनै छन्
अब हाम्रो पालो, आउनुहोस् आन्दोलन गरौँ !

गरिबीका कुरा गरि गरि उनीहरू धनी भए
अत्याचार विरुद्ध बोल्दा बोल्दै अत्याचारी भए
ल आउनुहोस् गरिबी घटाउँ, अत्याचार मेटाउँ
आजैदेखि सुरु गरौँ यो आन्दोलन,
ल भन्नुहोस् अब आज कसलाई ठटाउँ ?
आउनुहोस् आउनुहोस्, नयाँ आन्दोलन चर्काउँ !!

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x