साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वदनहरू नै श्रीरहित छन् ?

Nepal Telecom ad

फलाको हालेरै, ‘सहमति’ भनेको दशक भो
सधैं बाझ्ने जुध्ने, खरब खरबौँ नाश हुन गो ।
सबै नेता हेर्दा, वदनहरू नै श्रीरहित छन्
सबै भ्रस्टाचारी, सदन–मन नै श्रीरहित छन् ।।१।।

कसोरी बन्ला खै, जनहित सफा ‘कानुन’ यहाँ
सबै राणा राजा, सरह अधमी चाह छ जहाँ ।
बलै थोपर्दै छन्, रण–चहुरमा देश–जनता
सबै थुर्पी जस्ता, मुटु–मगजका भाव लघुता ।।२।।

रुँदै भन्छिन् आमा, अब त सहनै मुस्किल भयो
सधैं कुट्छन् लुट्छन्, अब त रहनै मुस्किल भयो ।
निराशाका लप्का, जनमन डढाई अघि बढे
सधैं बाझ्दा जुझ्दा, ‘सहमति’ खरानी बनिसके ।।३।।

भएनन् क्वै अग्ला, किन सब भए लिल्लिपुट नै
भएनन् क्वै सग्ला, किन सब भए दिल्लीपुटनै ।
सबै नेता हेर्दा, वदनभरि नै श्रीरहित छन्
निराशाले डस्दा, जनमन अहा, श्रीरहित छन् ।।४।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x