साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओइ, नेताज्यू

Nepal Telecom ad

ओइ, नेताज्यू
यसपाली पनि संविधान
खोइ नेताज्यू ?
ऊ प्रधानमन्त्री भए हुँदैन
म भए मात्र बन्छ भनी
सबलाई ठीकठाक पार्यौ
आफू हुँदा बनाउन नसकेपछि
राजिनामा ठोकेर
अर्काको काँधमा सार्यौ
अर्कालाई लडाउँछु भन्दा
आफ्नै सेखी झार्यौ
ओइ, नेताज्यू
यसपाली त ल्याउँछु भन्या
संविधान खोइ नेताज्यू ?

दुई वर्षको सभालाई
छ वर्षसम्म सार्यौ
अन्तमा बनाउन नसक्दा
देशलाई चुनावको घानमा पार्यौ
अरुलाई हराउँछु भन्दा
आफै नराम्रोसँग हार्यौ
अझै पनि नबनाउने भए
चुनाव गराएर के फार्यौ ?
ओइ, नेताज्यू
यसपाली त
जसरी पनि बनाउँछु भन्या
संविधान खोइ नेताज्यू ?

छ छ वर्षको तलब भत्ताले
ढुकुटी झ्वाम्म पार्यौ
अन्योल र अन्धकारमा
देशै च्वाम्म पार्यौ
जनताको पसिना चुसी
चुनाव क्षेत्रको नाममा
करोडौ बजेट खोज्दैछौ
फेरि पनि संविधान नबनाएर
कुन बाटो रोज्दैछौ ?
ओइ, नेताज्यू
यसपाली त बनाएरै छाड्छु भनेको
संविधान खोइ नेताज्यू ?

दिग्भ्रममा छौ कि मतिभ्रममा छौ
लाजसाज पचाएर
कुन शरममा छौ
ढाँटको खेती गरी
गाँठ कमाउने
कुन धरममा छौ ?
कहिले तानातान
कहिले हानाहान
अझै पनि ठन्डा नभएर
कुन गरममा छौ
ओइ, नेताज्यू
यसपाली त बन्छ बन्छ भनेको
संविधान खोइ नेताज्यू ?

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x