साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छट्पटाई रहेका मनहरू

Nepal Telecom ad

सत्य कथन भतिज
अखबारका पानाहरूमा मात्रै
देश अटाउन सक्दैन
देशको मानचित्र भित्र कतै कुनै कुनामा
छट्पटाई रहेका मनहरू
अखबारका पानामा अटाउन पाउँदैनन्
खबर मात्र नेताको छ
खबर सत्ताको छ
भाषणको छ र शासनको छ
हो, यता परदेशतिर
भाषण र शासनका कुरा मात्रै
खबर बनेर आइपुग्छन् भतिज ।
पारिथोकका माहिला दाइका
दुई सन्तान
स्कुल जान पाएका छैनन् रे भन्ने सुनेको हुँ
कसैले सोधखोज गरे गरेनन्
खै समाचारका हरफहरूमा कतै देख्दिन
माथि लेकमा
खनी खोस्री दुख गर्दै
जीवनयापन गरिरहेकी एउटी विधवा दिदी
द्वन्द्वमा परी लोग्ने गुमाएर
परिवर्तनको आशामा भए पनि
आफ्ना लालाबाला हुर्काउँदै थिइन्
तर ती बच्चा निस्लोट ज्वरोले
थलिएका छन् भन्ने सुनेको थिएँ
तिनले सिटामोलको चक्की पाए पाएनन्
खै अखबारका पानाहरूमा कतै देख्दिन
तिमीलाई केही खबर छ कि ?
नभए’नि सोधखोज गरेर लेख है भतिज ।
परिवर्तनका स्वरहरू उराल्दै उठेका मुठीहरू
उठेका उठ्यै चाउरी पर्न थाले रे ! भन्ने सुन्छु
तर परिवर्तनको नयाँ किरण पोखिन पाएन रे !
अन्धकार बस्तीहरूमा
बरु शासन र भाषणको खेल मैदानमा
परिवर्तनका नामको राँकाहरू
साटफेरका खबरहरू भने आइरहेछन्
दिनदिनै समाचार बनेर
यथार्थ के कस्तो छ
थिति बेथिति के कसो छ
सत्य वयान गरेर लेख न है भतिज ।

झापा, हाल : युके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x