डा.रवीन्द्र समीरफरक
रुपैयाँको थैली टकटकाइन् । पैसा त साह्रै थोरै रहेछ । के गरी छोरीको उपचार गर्ने हो भनेर उनी चिन्तित भइन् । उपचार त गर्नै पर्यो । किनभने, रोग भनेको शत्रुभन्दा पनि क्रुर हुन्छ ।
उनले छोरीलाई अस्पतालमा लिएर गइन् । अस्पताल साह्रै फोहोर छ । उपचार गर्न जाँदा झन् धेरै रोग लाग्लाजस्तो ! मान्छेहरू पनि सबै रोगी र खान नपाएजस्ता । रोगी त यसै रोगी भइहाले रोगीका सहयोगी आफन्तहरू पनि रोगीजस्तै देखिएका छन् ।
सकेसम्म डाक्टरहरू बिरामीसँग बोल्दैनन्, बोल्नै परे मास्क लगाएर बोल्छन् । सकेसम्म बिरामीहरूलाई छुँदैनन्, छुनै परे हातमा पञ्जा लगाएर छुन्छन् ।
– ‘मामु ! मामु ! क्लिनिकको डाक्टरले त मलाई माया गर्नुहुन्थ्यो । छोरी भन्नुहुन्थ्यो, कानमा लाउने आलाले पेट, छाती जाँच्नुहुन्थ्यो । जिब्रो, घाँटी पनि हेर्नुहुन्थ्यो… यहाँको डाक्टरले मलाई किन नछामेको ? किन नबोलेको ?’
आमाले जबाफ दिइन्– ‘नानु ! यो सरकारी अस्पताल हो ! यहाँ हामीजस्तै पैसा नहुनेहरू मात्रै जचाउँन आउँछन्, बिरामीभन्दा पैसा जाँच्ने बानी परेका डाक्टरहरू तेसै गर्छन ।’
‘अणु र पहाड’ सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest








































